www.tandavnews.com
Fact ~ In search of truth

नेपालमै पहिलो पटक डीजीटल प्रविधिमा पशु स्वास्थ्य कार्यकर्ता तालीम

पोखरा
ताण्डव न्युज ।
पोखरामा नेपालमै पहिलो पटक डीजीटल प्रविधिबाट ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालीम सुरु भएको छ । पशु स्वास्थ्य तालीम तथा परामर्श सेवा, पशु सेवा तालीम केन्द्र, हेफर इन्टरनेशनल नेपालको समन्वयमा उक्त तालीम सुरु भएको हो ।

विभिन्न जिल्लाका ग्रामीण पशुस्वास्थ्य महिला कार्यकर्ताहरुलाई पाँच दिने ट्याबलेट मोबाइलको सहायतामा पशुस्वास्थ्य सम्बन्धी ज्ञान कसरी लिन सकिन्छ भनेर सिकाउन लागिएको हो । पाँच दिन उक्त तालीम लिएपछि उनीहरुले एक महिना आफ्नै घरमा बसेर अध्ययन गर्नेछन् । त्यसपछि उनीहरु पुनः तालीम केन्द्र आएर ब्यवहारिक ज्ञान लिनेछन् ।

Batas

पशु स्वास्थ्य तालीम तथा परामर्श सेवाका कार्यकारी निर्देशक विदुर पाख्रीनको अध्यक्षतामा भएको तालीमको औपचारिक कार्यक्रममा प्रमुख अतिथी भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयका डा. इनदनाथ ढुंगाना, पशु तालीम केन्द्रका डा.ग्रिष्म न्यौपाने, हेफर इन्टरनेशनल नेपाल तथा तालीमका सहजकर्ता समेत रहेका भोला श्रेष्ठ लगायतले तालीमको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । तालीममा श्रेष्ठसँगै अन्य पशु चिकित्सक र प्राविधिकहरुले सहजीकरण गर्नेछन् ।

तालीमलाई दैनिक ब्यवहारमा कसरी उतार्ने र सेवा प्रदान गर्ने भन्नेबारे गम्भीर भएर लाग्न सहभागिहरुलाई सुझाब दिएको पशु स्वास्थ्य तालीम तथा परामर्श सेवाका भरत पोखरेलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.