www.tandavnews.com
Fact ~ In search of truth

गोखराका विपन्न महिलालाई आर्यआर्जनका लागी अनुदान

गोरखा ।

शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ ।

गाउँपालिकाले नौ वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख सुदीप विकले जानकारी दिए । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उनीहरुलाई छनोट गरेर अनुदान सहयोग गरिएको हो”, प्रमुख विकले भने, “अनुदान सहयोग गरिएका सबैलाई सम्बन्धित वडा कार्यालय तथा महिला सहकारी संस्थाले नै छनोट गरेर पठाएको हो ।”

Batas

विपन्न महिलालाई प्रदान गरिएकोे अनुदान रकमबाट उहाँहरुले दैनिक आर्यआर्जन हुने खालका साना–साना व्यवसायमा लगानी गर्ने उनले बताए । “अनुदान पाउने विपन्न महिलामध्ये कसैले बङ्गुर पाठा किन्ने, कसैले बाख्राको व्याड पाठी किन्ने र कसैले तरकारी खेतीमा लगानी गर्नु हुनेछ”, उनले भने, “जुनजुन व्यवसायमा लगानी गरेपनि उनीहरुको आर्थिक आयआर्जनमा वृद्धि गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो ।”

छनोटमा परेका सबै महिलालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको शाखा प्रमुख विकको भनाइ छ । “यो अनुदान टेवा पूँजीवापतको अनुदान सहयोग हो, हामीले उपलब्ध गराएको अनुदानमा उनीहरुले पनि केही रकम थप गरी थोरै भए पनि आम्दानीको बाटो बनाउन सके घरखर्च सञ्चालन गर्न सजिलो हुन्छ भन्ने सोच राखेर गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन लाख १५ हजार रुपैयाँ रकम विनियोजन गरेको थियो”, उनले भने । अनुदान रकम गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले प्रदान गरेका थिए ।

गाउँपालिकाले अनुदान प्राप्त गर्ने सबैलाई थोरै रकमबाट पनि कसरी राम्रो आयआर्जन बढाउन सकिन्छ भन्ने विषयमा एकदिने अभिमुखीकरण तालीमसमेत प्रदान गरेको उनको भनाइ छ ।“अधिकांशलाई कसरी आयआर्जन गर्न सकिन्छ भन्ने समेत थाहा नभएको पाइयो, अनुदान रकम अन्य कामका लागि खर्च भएमा आर्थिक उर्पाजन गर्ने बाटो नै हुँदैन’’, शाखा प्रमुख विकले भने ।

कार्यक्रमले विपन्न परिवारलाई दैनिक जीविकोपार्जनमा सजिलो हुने उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.