पोखरा
ताण्डव न्युज ।
पोखरा विश्वविद्यालयका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालयले आज (सोमबार) सञ्चालन गरेको परिक्षामा जाने विद्यार्थीहरुलाई अबरोध पुर्याउने विद्यार्थीहरुलाई नै प्रहरीले नियन्त्रणमा लिएको हो । पोखरा विश्व विद्यालय अन्तरगतका ४२ वटा क्याम्पसमा डि प्लस ल्याएका विद्यार्थीलाई रजिस्ट्रेसन गरी परिक्षामा सहभागि गराउने सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गराउन नहुने भन्दै विद्यार्थीहरु केहि दिन यता आन्दोलित भएका छन् ।
कास्की प्रहरी प्रमुख ओम रानाले परिक्षा दिन जानेहरुलाई बाटोबाटै रोक्न खोज्नेहरुलाई नियन्त्रणमा लिइएको बताए । ‘परिक्षा दिन जाने विद्यार्थीलाई बाटोबाटै छेकेर विथाल्नेहरुलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने ।प्रहरीले सुस्मा गौतम, विकास रानाभाट, फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, राधव तिमिल्सिना, मदन साउद, अशोक तिवारी, सरोज शाह, प्रविण ओझा, असिम पौडेललाई नियन्त्रणमा लिएको बताएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.