www.tandavnews.com
Fact ~ In search of truth

त्यो हिट एण्ड रन काण्ड, जसमा प्रहरीनै परेका थिए

आफ्नै जवानलाई न्याय दिन सकेको छैन कास्की प्रहरी

पोखरा
ताण्डव न्यूज ।

पोखरा–५ मालेपाटनमा विश्वास पेट्रोल पम्प अगाडी एक कारले प्रहरीलाई ठक्कर दिएर भागेको ८ महिना वितिसक्दा पनि कास्की प्रहरीले पत्ता लगाउन सकेको छैन् ।

त्यो ‘हिट एण्ड रन’ को घटनामा प्रहरी जवान रामप्रसाद पौडेलले ज्यान गुमाएका थिए । मालेपाटन एरियामा ठाँउठाँउमा सिसि क्यामेरा भएपनि कास्की प्रहरीले अझैसम्म घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन् ।

Batas

भदौ १४ गते राती दुर्घटनामा परेका प्रहरी पौडेललाई उद्धार गर्नुको सट्टा उल्टै ठक्कर दिएर भागेको त्यो गाडी र अपराधी अझै पत्ता लगाउन नसक्दा पौडेल परिवारले न्याय नपाएको एक प्रहरी अधिकृतले बताए ।

‘घटना भएको केही दिन ५० वटा भन्दा धेरै प्राइभेट कार नियन्त्रणमा लिएपनि पत्ता लगाउन नसक्नु दुर्भाग्य हो,’ उनले भने, ‘अहिले घटना र अनुसन्धान दुवै सेलायो ।’ गुहार मागेका प्रहरीलाई उल्टो ठक्कर दिएर भाग्नु महाअपराध रहेको उनले बताए ।

‘आफ्नै प्रहरी जवानलाई न्याय दिन नसक्नु कास्की प्रहरीको कमजोरी हो,’ उनले भने, ‘कास्की प्रहरी त अझै अन्योलमै छ । प्राइभेट गाडीले ठक्कर दिएको हो की किचेको भनेर । पोष्टमार्टम रिपोर्टमा किचेको देखिदैन भन्छ कास्की प्रहरी ।न किचेपनि ठक्कर दिएर भागेको कुरा त्यहाँ स्थानीय नै बोलिरहेछन् । तर, अहिले घटना यत्तिकै सेलायो ।’

घटनाको रात पौडेल बा ३३ प ७५२३ नम्बरको मोटरसाइकलमा पस्र्याङ चोकबाट राती ११ बजेतिर जिरो जादै थिए ।

विश्वास पेट्रोल पम्प अगाडी सडकको विचमा गाई छटपटाई रहेको देखेपछि मोटरसाईक चालक प्रहरी जवान अनिल गुरुङ अलमलिएपछि अनियन्त्रित भएर बाईक सडकमा पल्टियो ।

दुर्घनामा परि चालक अनिललाई समान्य चोट लाग्यो, पौडेल भने गम्भीर घाइते भए । दुर्घटनाको आवाज सुनेपनि स्थानीय जम्मा भए । सडकमा छटपटाई रहेको प्रहरी पौडेललाई उद्धार गर्न केही स्थानीय सडकमै उत्रिए ।

सोही क्रममा प्रस्र्याङ चोकबाट आएको एउटा प्राईभेट कारलाई स्थानीयले रोक्न हात हलाउदै थिए । त्यतिकैमा त्यो कारले उद्धार गर्न त परै जाओस् , उल्टो प्रहरी जवान पौडेललाई ठक्कर दिएर भागेको थियो ।

घटना बारे अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले बताए ।

सम्बन्धीत न्यूज

‘हिट एण्ड रन’ प्रहरीको ज्यान गयो

हिट एण्ड रन : प्रहरी मार्ने कार अझै पत्ता लागेन

सम्बन्धीत भिडियाे

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.