www.tandavnews.com
Fact ~ In search of truth

असार २० देखि नेपाल वायुसेवा निगमले पुन :जापान उडान भर्ने

पोखरा ,
ताण्डव न्यूज ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुनःजापान उडान सुचारु गर्ने भएको छ ।

सरकारी स्वामित्वको वायुसेवा निगमले झण्डै एक दर्शक पछि उडान भर्न लागेको हो । आगामी जुलाई ५ असार २० गते शुक्रबार देखि नेपाल एयरलाइन्सले ओसाका उडान सुरु गर्ने निगमले जनाएको छ ।
नेपाल एयरलाइन्सका ब्रान्ड न्यू एयरबस ए ३३०–२०० वाइडबडीबाट ओसाका उडान गर्नेछ ।

Batas

काठमाडौँ–ओसाका रुटमा निगमले इकोनोमी क्लास सिटका लागि एकतर्फी भाडादर ४५ हजार र दुई तर्फी भाडादर ७७ देखि ८० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । निगमले ओसाकामा हप्ताको ३ उडान गर्नेछ।

वाइडबडी अन्नपूर्ण र मकालु सोमबार, बुधबार र शुक्रबार काठमाडौंबाट ओसाका लागि उड्नेछन्। काठमाडौंबाट ओसाका सम्मको उडान ७ घण्टाको हुनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.