www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर : रेष्टुरेण्टमा हिडन मेनु ‘सेक्स सर्भिस’

माधव भुसाल
कावासाेती, ताण्डव न्यूज । 

भोक अनेक प्रकारका हुन्छन् र त्यसलाई मेट्ने सोही अनुसारको उपाय । भोजनको अभावमा भोक लाग्नु स्वभाविकै हो । त्यो भोक मेट्न कि घर या रेष्टुरेण्ट धाउनु पर्छ । रेष्टुरेण्टमा खानाका परिकार खाएर भोक मेट्ने गरिन्छ । सोही अनुसार दस्तुर तिर्नुपर्छ । रेष्टुरेण्टमा खानाको परिकारको मेनु हुन्छन् र त्यसको रकम पनि तोकिएको हुन्छ ।

रेष्टुरेण्टमा खानाका परिकार बाहेक यौनको भोक मेटाउन युवतीहरु पाउने गरेको सुन्दै र देख्दै आएको कुरा हो । विशेष गरि वाक्लो घर अर्थात सहरी क्षेत्रमा यस्तो धन्दा चेल्ने गथ्यो । तर पछिल्लो समय सहरको रुप ग्रहण गर्न लागेको नवलपुरका केही रेष्टुरेण्टमा खानाका परिकारसँग हिडन मेनुमा युवतीको सर्भिस समेत हुने गरेको छ ।

Batas

घडिमा मध्यान्न १२ नबज्दै नवलपुरको गर्मिले १२ बजाइदिन्छ । उखुम छ । कोल्ड ड्रिंक्स पिउने मेरो आग्रह साथीहरुले नकारेनन् । कावासोतीको एक रेष्टुरेण्टमा पुग्यौँ । ‘के–के पाइन्छ दाई ?’ रेष्टुरेण्ट साहूलाई प्रश्न तेस्र्याइयो ।

‘सप्पै पाइन्छ भाई । खाने रमाइलो गर्ने सप्पै’ हर्षित मुद्रामा उत्तर दिए । ‘के–के छ, ल भन्नुस् त ?’ हामीले सोध्यौँ । एउटा औँला नाक तिर तेस्र्याएर ३ पटक छुँवाउदै इशारा गरे र भने ‘जस्तो भन्यो त्यस्तै कन्ट्याक्टमा छन् ।’

उनको भनाईको अर्थ यौन प्यासीका लागि युवतीहरु मिलाइदिने थियो ।
..

चितवनका विकास (नाम परिवर्तन) स्कुलका साथीहरुसँग गेट टुगेदरको मेसोमा नवलपुर भएर बग्ने नारायणी नदी किनारको एक रेष्टुरेण्टमा पुगे । मेनु हेरे, ड्रिंक्स र स्न्याक्स अर्डर गरे । रेष्टुरेण्टका एक कमदारलाई बोलाएर सोधे ‘भाई, यहाँको स्पेशल केही छैन खाने कुरा । मेनुमा नभा’को । केही नयाँ टेस्ट गरौँन ।’

प्रश्न सकिन नपाउँदै उत्तर आयो ‘यहाँ नपाउने केही छैन दाई । खाने बस्ने सबै व्यवस्था छ । तपाई भन्नुस् न मात्र ।’ रेष्टुरेण्टका कामदारलाई विकासको अर्को साथीले सोध्यो ‘केटी पनि पाइन्छ भाई ?’

‘पाइन्छ दाई । तर फोन गरेर बोलाउनुपर्छ । यही त बस्दैनन् ।’ भाइको कन्फिडेन्स सहितको उत्तर सुनेर विकास अचम्ममा परे । विकासले पुनः सोधे ‘अनि पुलिसहरु आउँदैनन् यता ? समात्ला है भाई, ख्याल गर ।’
विकासको प्रश्नप्रति हाँस्दै उसले भन्यो ‘आउँछन् नि किन नआउनु । उनीहरु नै आउँछन् फ्रि मा कामकुरो गर्न । सबै सेटिङ हुन्छ नि । ढुक्क हुनुस् न ।’

घुमुवा प्रहरीहरुलाई पैसा खुवाएर, युवती मिलाइदिएर सेटिङ मिलाउने गरेका विकासले सुनाए ।
..

यि ‘सेक्रेट सेक्स सर्भिस’ दिने रेष्टुरेण्टहरुको उदाहरण हो । यसरी माग अनुसार कन्ट्याकमा युवती बोलाएर यौन व्यवसाय गर्ने रेष्टुरेण्ट लजहरुको संख्या बढीरहेको श्रोतले बतायो ।

‘केही लजहरु छन् । यौन व्यवसायकै लागि खोल्या जस्तो’ श्रोतले भन्यो ‘रात परेपछि युवती बोलायो । १ हजारदेखि ५ हजारसम्म डिल हुन्छ । यस्तोमा प्रायः युवाहरु जाने गर्छन् ।’

प्रहरी भन्छ ‘ अब बुझ्छौँ’

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का डिएसपी अर्जुन रानाभाटले यस गतिविधिबारे अनुसन्धान गर्ने बताए । ‘पहिले पहिले यस्ता घटना सुनिन्थ्यो । खै आजकल पनि थाह थिएन’ ताण्डवसँग कुरा गर्दै उनले भने ‘तपाइले भनेपछि बल्ल थाह भो । हामी बुझ्छौँ के रहेछ । अनि एक्सनमा जान्छौँ ।’

प्रहरीकै मिलेमतो हुन्छ भन्छन् नि भन्ने प्रश्नमा डिएसपी रानाभाटले भने ‘प्रहरी संगठनमा आँच आउने कुनै पनि कार्य गरेको थाह पाइए, कानुन अनुसार कारवाही हुन्छ । त्यो बारे पनि हामी अब बुझ्छौँ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.