www.tandavnews.com
Fact ~ In search of truth

१२ वर्षीया कल्पनाको दुवै मिर्गौलामा समस्या : सहयोगको अपेक्षा

पोखरा ।
झट्ट सुन्दा पनि कहाली लागेर आउँछ, १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मिर्गौलामा समस्या आएपछि यतिखेर उनका बाबु वीरबहादुर पुन यतिखेर ठूलो चिन्तामा छन् ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आएका वीरबहादुर र उनकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।

“छोरीको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ जति खर्च लागिसक्यो, यही पनि ऋणधन तथा आफन्तको सहयोगबाट गरेका हौँ”, उनले भने, “खै चिकित्सकले सम्पूर्ण उपचार गर्न अझै २५ लाखभन्दा बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्योलमा छौँ ।”

चिकित्सकले आफन्तबाट नै मिर्गौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए । अचानक स्वास्थ्यमा समस्या आएपछि पुन दम्पतीले कल्पनाको काठमाडौँस्थित किष्ट अस्पतालमा झण्डै दुई महीना भर्ना गरेका थिए । उक्त क्रममा नै दुवै मिर्गौला खराब भएको थाहा भएको थियो ।

Lama collectio News Middle

सामान्य मजदुरी गर्दै आएको आफूहरूको परिवारमा छोरीलाई अत्यधिक खर्चिलो रोगले च्यापेपछि रातदिन उपचारकै कुराले पिरोलिरहेको उनले दुखेसो सुनाए । असल मन भएकाहरुको सहयोग पाएमा आफूलाई छोरी बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोगदातालाई आफ्नो मोबाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

कल्पना पोखरा महानगरपालिका–३३ भरतपोखरीको कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनका दुई दिदी र एक भाइ पनि सोही विद्यालयमै पढ्छन् । उनको पोखरास्थित गण्डकी अस्पतालको मेडिकल वार्डको ४ नं बेडमा उपचार भइरहेको छ ।

कल्पनाका दुवै मिर्गौलामा समस्या आई उपचार गरिरहँदा उनका साथीभाइका साथै समग्र विद्यालय परिवार पनि यतिखेर चिन्तामा छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा सङ्कलित २८ हजार रुपैयाँ सहयोग रकम मङ्गलबारै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery