www.tandavnews.com
Fact ~ In search of truth

ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

पोखरा ।

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रर्वद्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिए ।

नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो । भ्रमण टोलीलाई त्यहाँस्थित काला भैरव मन्दिर, ऐतिहासिक दरबार क्षेत्रलगायतका विषयमा स्थानीय समाजसेवी एवं काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी गराए ।

Batas

अवलोकन भ्रमणमा समाजका सल्लाहकार प्रेमप्रकाश गौतम, भगवान पन्तलगायतले नुवाकोट राज्यको ऐतिहासिक महत्वका सम्बन्धमा प्रकाश पार्दै यसको प्रर्वद्धनको आवश्यकता सम्बन्धमा आआफ्ना धारणा राखेका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.