पोखरा ।
मणिपाल शिक्षण अस्पतालको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको प्रथम डिन कप २०१९ आज सकिदैँ छ ।
अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा गरिएको उक्त कार्यक्रममा म्यराथन,फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, टेबलटेनिससहित बिबिध खेल प्रतियोगिता गरिएको कार्यक्रम संयोजक डा.युजल सुवेदीले जानकारी दिए ।

‘हामिले पोखरामा पर्यटन प्रर्वद्धन तथा डाक्टरहरु बिच परस्पर सम्बन्धको बिकास गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौँ’ सुवेदीले भने, ‘७ दिनको कार्यक्रममा ६ दिन बिभिन्न सम्पूर्ण खेलको प्रतियोगिता समापन भईसकेको छ । अब आज खेल बिजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेर कार्यक्रम समापन गर्ने तयारी गरेका छौँ ।’
कार्यक्रमका इभेन्ट म्यानेजर महेश्वर सिंह भण्डारीका अनुसार आज हुने समापन कार्यक्रममा माउन्ट एटएटफोएट, डिमोर्चा व्यान्ड, डिजे सेसन लगायतका टिमले साँस्कृतीक प्रस्तुती राख्ने छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.