www.tandavnews.com
Fact ~ In search of truth

दलित भएर मगरको घरमा छिरेको भन्दै पर्वतमा खुट्टा भाचिने गरि कुटिए प्रधानाध्यापक

संजय रेग्मी,

पर्वत / ताण्डव न्यूज । 

दलित भएर घरभित्र पसेको भन्दै म्याग्दीको एक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको खुलेको छ ।

Batas

म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेसबहादुर विश्वकर्मामाथि गत वैशाख ५ गते कुटपिट भएको खुलेको हो । घटना भएको १३ दिनपछि बुधवार मात्र कुटपिटको विरोध गर्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले विज्ञप्ति निकालेपछि घटना ढिला गरी बाहिरिएको हो ।

रघुगंगा गाउँपालिका ८ घर भई मल्कवाङमा शिक्षण गर्दै ४२ वर्षीय विश्वकर्मामाथि स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले कुटपिट गरेका  हुन् । कुटपिटबाट प्रधानाध्यापक विश्वकर्माको देब्रे खुट्टाको बिचका दुई वटा औला र पाइताला जोड्ने हड्डी भाँचिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवाहरूसँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै आक्रमण गरेर लतारेर ५ मिटर अग्लो आँगनको डिलबाट आफूलाई खसालेको पीडित प्र.अ विश्वकर्माले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार घटनामा संलग्न दुवै जना  विरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीले मुद्दा चलाएर खोजी गरिरहेको छ । पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न धवलागिरी गाउँपालिका ५ का ३५ वर्षीय बलबहादुर रोका र ३० वर्षीय जितेन्द्र जुग्जाली विरुद्ध जिल्ला अदालतमा जातीय छुवाछुत सम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.