www.tandavnews.com
Fact ~ In search of truth

केटी जिस्काएको निहुँमा जन्ती र घरबेटी कुटाकुट, एकको मृत्यु

ताण्डव न्युज ।
गोरखामा केटी जिस्काएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुदाँ एकजनाको मृत्यु भएको छ ।

बुधबार लमजुङको राइनस नगरपालिका ४ अल्कटारबाट आएका जन्ती युवाहरुले र गोरखा पालुङटार नगरपालिका ४ कुमाल गाउँका घरबेटी पक्षका केटी जिस्काएको आरोपमा कुटाकुट भएको थियो ।

machhapuchre
madi

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Batas

गोरखाका एसपी भोला रावल सहितको टोली आज घटनाको अनुसन्धानको लागि पालुंटार लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.