पोखरा ,
ताण्डव न्यूज ।
बर्डफ्लुबाट कुखुरा मर्नु नौलो कुरा होइन तर बर्डफ्लुको कारण मानिसकै ज्यान गएको छ ।
काभ्रेका एक युवकको बर्डफ्लुका कारण ज्यान गएको छ । गत चैत १५ गते काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो । ‘एच फाइभ एनवान’का कारण ती युवकको मृत्यु भएको पुष्टि भएको छ । मृतक युवकको पहिचान खुलाइएको छैन ।

एचफाइभ एनवानबाट नेपालमै यो पहिलोपटक मानिसको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.