www.tandavnews.com
Fact ~ In search of truth

जन्ती मारिएको घटना:गोरखामा तनाब, सात राउण्ड अश्रुग्याँस प्रहार

पोखरा ।

बुधबार लम्जुङको अल्काटारबाट गोरखाको पालुंटारमा आएका जन्ती र घरबेटी पक्षविच यूवती जिस्काएको निहुँमा भएको तनाबले एक जनाको ज्यान गयो ।

सोही विषयलाइ लिएर इलाका प्रहरी कार्यालय ठाँटी पोखरीमा अल्काटारका स्थानीयहरुले ढुंगामुढा प्रहार गरेका छन् । स्थिती सामान्य बनाउन प्रहरीले सातसेल अश्रुग्याँस समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते भएका थिए ।

Batas

घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी गोरखाका एसपी भोला रावलको नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.