www.tandavnews.com
Fact ~ In search of truth

बिबाहित महिलालाई बलात्कारको प्रयास गर्ने पर्वतका दिपक छन्त्याल पक्राउ

संजय रेग्मी,
पर्वत/ताण्डव न्यूज।

जिल्ला प्रहरी कार्यालय पर्वतले एक विवाहित महिलालाई घरमै पुगेर बलात्कारको प्रयास गरेका एक युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा जिल्लाकै जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल रहेका छन । नाम गोप्य राखिएकी पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर छन्त्यालले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दर्ता गराएपछि छन्त्याललाई पक्राउ गरिएको हो ।

Batas

घटनाका सम्बन्धमा पर्वत जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.