www.tandavnews.com
Fact ~ In search of truth

फेवातालको किनारमा घोडा दौडाउँदा जगदिश घिसिङले बनाए राष्ट्रिय रेकर्ड !

पोखरा
ताण्डव न्युज ।

सुन्दर नगरी पोखराको फेवाताल छेऊमा घोडा दौड प्रतियोगिता भएको छ ।
नेपाल इक्वस्ट्रीयन एसोसियशनको आयोजना र नेपाल आर्मीको संयोजनमा भएको पाचौँ घोडा दौड प्रतियोगिता भएको हो । प्रतियोगितामा घोडासँगै विभिन्न विधाका खेल कौशल प्रस्तुत गरिएको थियो । प्रतियोगितामा अधिकांश नेपाल आर्मीबाट र चार जना खेलाडी मात्रै सर्वसाधारण थिए । प्रतियोगिताको हाइजम्प तर्फ राष्ट्रिय रेकर्ड तोडिएको छ ।

अहिले सम्म रामहरि खड्काको नाममा रहेको पाँच दशमलम पाँच फिट उचाइको रेडर्क शुक्रमबार नेपाल आर्मीका जगदिश घिसिङले आफ्नो नाममा राखे । घिसिङले सम्मोहन नामको घोडाको साथमा पाँच दशमलब नौ फिट उचाईमा आफ्नो रेकर्ड राखेका हुन् । प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.