www.tandavnews.com
Fact ~ In search of truth

चार दिनदेखि वेपत्ता पर्वत कटुवाचौपारीका केशव पौडेल

सञ्जय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको कुस्मा नगरपालिकाका एक व्यक्ति चार दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको कुस्मा नगरपालिका ९ कटुवाचौपारी घर भएका अन्दाजी ३९ वर्षीय केशव पौडेल गत बिहीबार राती सदरमुकाम कुस्मा बजारबाट बेपत्ता भएका हुन् ।

कृषि पेसामा संलग्न रहँदै आएका पौडेल गत बिहीबार राती १२ बजेबाट परिवार र आफन्तबाट विहीन भएका हुन् । कटुवाचौपारीको ज्ञादी घर भएका उनले बिहीबार राती ९ बजे कुस्माका बडागाउँमा रहेको एक होटेलमा खाजा खाएपछि बाहिरिएका थिए । रातीको झन्डै १२ बजेको समयमा श्रीमतीसँग मोबाइलमा कुराकानी गरेका उनले त्यसपछि भने न फोन गरे न त घरमा नै गए ।

Batas

उनी सम्पर्कमा नरहेपछि शुक्रवार बिहानैबाट उनको खोजी सुरु गरिएको भए पनि अहिलेसम्म केही पत्तो लाग्न नसकेको उनका दाजु वासुदेव पौडेलले बताए । आफन्तहरू र उनी जान सक्ने सम्भावित ठाउँहरूमा खोजी गरिएको भए पनि कसैले पनि उनलाई नदेखेको पाइएको छ । केशव बेपत्ता भएको भनी जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन परेपछि प्रहरीले पनि उनको खोजीलाई तीव्र पारेको छ ।

पर्वत प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार शुक्रवार दिउसो २ बजेको समयमा उनको मोबाइलमा फोन गएको भए पनि त्यो कल उठेन । सिम कार्ड ट्राफिकीङ गरेर हेर्दा अन्तिम समयमा खरेहा र ज्ञादी जोड्ने कालीगण्डकी नदी माथिको पुल आसपासको क्षेत्रमा सिम एक्टीभ रहेको पाइएको छ । प्रहरीका अनुसार उक्त ठाउँमा खोजी गर्दा पनि उनको बारेमा कुनै कुरा खुल्न सकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.