www.tandavnews.com
Fact ~ In search of truth

जेठ १ देखि कुश्मामा गुप्तेश्वर धार्मिक मेला

पोखरा
ताण्डव न्यूज ।

श्रीमद्शिवपुराण सामुहिक तुलादान विराट कोटिहोम, गुप्तेश्वर धार्मिक मेला –२०७६ आयोजना हुने भएको छ । पर्वतकाे कुश्मामा रहेकाे गुप्तेश्वरधाममा यहि जेठ १ देखि ११ गतेसम्म मेला आयोजना हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

धार्मिक पर्यटनलाई प्रवद्र्धन गरी १२ ज्योर्तिलिङ्गको साथमा विश्वकै अग्लो शिव पार्वतीको मूर्ति स्थापनासंगै गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग आश्रम र भव्य सिममहल निर्माण गर्ने उद्देश्यले धार्मिक मेलाको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिले जानकारी दिए ।

Batas

महायज्ञमा श्रीमदशिवपुराण कथा वाचन, कोटिहोम, तुलादान, कोटिदीप, प्रज्ज्वलन, भुमि तथा अन्नदान कार्यक्रमहरु रहेका छन् । साथै  श्री ईश्वरकृष्ण महाराजद्धारा महायज्ञमा कथा वाचन हुनेछ ।

महायज्ञमा ११ हजार देखि २१ हजार सम्मका दानदाताहरुलाई सम्मानपत्र सहित शिलालेखमा नाम लेखिनेछ । ५ लाख देखि माथि दान गर्नेलाई नौमती बाजागाजा सहित सम्मानपत्र शिलालेखमा नाम सहित संरक्षक बनाइनेछ ।

त्यस्तै शिवपार्वतीको मूर्ति निर्माणको लागि संस्थापक सदस्य बन्नेहरुकालागि नौमती बाजा सहित यज्ञ स्थलमा दुवोको माला लगाई जोडिको फोटो खिची मूर्तिस्थलको शिलालेखमा टाँसिनेछ भने तुलादान गर्नेलाई रुद्राक्षमाला सहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.