www.tandavnews.com
Fact ~ In search of truth

पोखरामै घर हुने सांसदलाई पनि घर भाडा

ताण्डव न्युज ।
गण्डकी सरकारले राजधानी (पोखरा) मा घर हुने सांसदहरुलाई पनि घरभाडा दिने भएको छ । २०७४ चैत ३० गते पारित सांसदहरुको पारिश्रमिक तथा सेवा ऐनको दफा ६ (२) मा पोखरा महानगरपालिकामा आफ्नै घर नभएमा मात्र सुविधा दिइने उल्लेख छ । तर, उक्त ऐनको उपदफा २ मा राजधानीमा घर भएका सांसदहरुको घर मर्मत, सम्भार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्थालाई टेकेर राजधानीमा घर हुने सांसदहरुलाई पनि घरभाडा दिन लाएको हो ।

सांसदहरुको पारिश्रमिक तथा सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार अहिले सांसदहरुले हरेक महिना १५ हजार रुपैयाँ बुझ्दै आएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराबाटै निर्वाचित र यहि घर भएका १३ जना सांसद छन् । त्यस्तै मुस्ताङ लगायतको जिल्लाबाट निर्वाचित तर, पोखरामा घर हुने अन्य सांसद पनि छन् । गण्डकी सरकारका अनुसार अहिलेसम्म कास्कीबाट निर्वाचित १३ जना सांसदले मात्रै घर भाडा सुविधा पाएका थिएनन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आइतबार अबेरसम्म चलेको मन्त्रीपरिषदले ऐनमा उल्लेख भए अनुसार १५ हजार रुपैयाको आधा सात हजार पाँच सय रुपैयाँ मासिक आवास सुविधा पाउने छन् ।

आवास सुविधासँगै सांसदहरुले पाउँदै आएको भत्ता पनि बढाउने निर्णय सरकारले गरेको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सांसदहरु दुई सय पचास रुपैयाँले बढाउने निर्णय गरेको हो । यो निर्णयसँगै अब सांसदहरुले हरेक बैठकमा उपस्थित भएपछि एक हजार रुपैयाँ भत्ता पाउने सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.