www.tandavnews.com
Fact ~ In search of truth

गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व :राष्ट्रपति भण्डारी

बागलुङ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताएका छन् ।

बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिए । राष्ट्रपतिले भने, “अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री विद्यालय बनाउन सबैले योगदान गर्नुपर्छ ।”

Batas
machhapuchre
madi

विद्यालयलाई सक्षम बनाउनका लागि स्थानीयस्तरवाटै सकरात्मक भूमिका खेल्नुपर्ने पनि उनले बताए। समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उनको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिकसमेत अनावरण गरे ।

समाजसेवी ढकालको स्मृतिमा उनकी धर्मपत्नी जानुका तथा उनका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाल र हेमराज ढकालद्वारा निर्मित विद्यालय भवनको साँचोसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न अपाङ्गतामैत्री सोह्रकोठे भवन ६ करोड २४ लाख लगानीमा निर्माण गरिएको विद्यालयले जनाएको छ ।

अमलाचौरको एक मात्र माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि ढकाल परिवारले भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि लगानी गर्दै आएको छ । विद्यालयका पूर्वविद्यार्थी डा .हेमराज शर्माको संयोजनमा विज्ञान प्रयोगशाला, इ–पाटी, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थासमेत गरिएको छ । कक्षा १२ सम्म अध्ययनअध्यापन हुने सो विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक प्रेम चापागाईँले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.