www.tandavnews.com
Fact ~ In search of truth

खहरेखोलामा मोटरेवल पुल

बिजय लम्साल
पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं २३ र २४ जोड्ने गरी खहरेखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । करिब ९० मिटर लम्बाई ७ मिटर २० सेन्टिमिटर चौडाईको बन्ने पुलको आज सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रमा लाग्ने किसानहरुलाई प्रदेश सरकारले हेर्ने बताएका छन् ।‘सिप चलाउने पौरखी हातहरुलाई गण्डकी प्रदेशले साथ दिनेछ,’ उनले भने, ‘अब निर्वाहको लागि नभई व्यापारका लागि खेती गर्नुपर्छ ।’

Batas

यो पुल गण्डकी प्रदेशकै नमुना पुल बन्नुपर्ने गण्डकी प्रदेशका सांसद राजीव पहारीले बताए ।‘अबको १५ महिना भित्र पुलमा सलल गाडि कुद्ने छ,’ उनले भने, ‘पुलमा मान्छे हिड्न र गाडि कुद्नको लागि पनि छुट्टै बाटो छ ।’
६ करोड ५० लाख लागतमा बन्न लागेको पुल १५ महिनामा निर्माण कार्य सम्पन्न हुने पोखरा महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.