www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘इन्जोय जोन’ : २४सै घण्टा ‘यहाँ के छैन, सबथोक छ’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले केहि महिना अघि पोखरामा ‘रेड लाइट’ एरिया बनाउने विषयमा बोलेपछि निकै आलोचना भएको थियो ।

अहिले सोही रेडलाइट एरिया जस्तै इन्जोय जोन बनाउन प्रदेश सरकारले तयारी थालेको भन्दै पर्यटनमन्त्री विकास लम्सालले सार्वजनिक कार्यक्रममा बोलेपछि पुन यस विषयले चर्चा पाएको छ ।

Batas

विश्वका विभिन्न ठुला पर्यटकिय शहरहरुमा पनि पर्यटकहरुलाई नै लक्षित गरी इन्जोय जोन बनाइने बताउँदै मन्त्री लम्सालले पोखरा पनि पर्यटनको हब भएको र त्यसखाले इन्जोय जोन आवश्यक भएको बताएका हुन् ।

के–के हुन्छ इन्जोय जोनमा ?

थाइल्याण्ड, हङकङ लगायतका पर्यटकिय शहरहरुमा पनि इन्जोय जोन बनाइएको छ । यसमा पर्यटकहरुले आफुलाई मन लागेको गतिविधि गर्न पाउँछन् । भूपी शेरचनले कवितामा ‘यहाँ के छैन, सबथोक छ’ उल्लेख गरेजस्तै, प्रदेश सरकारले पर्यटकका लागि इन्जोय जोनमा सबै गतिविध सहज गराउने छ ।

यौनजन्य क्रियाकलाप, डान्सपार्टी देखि अन्य मनोरञ्जनात्मक क्रियाकलापहरु यस जोनमा हुनेछन् । इन्जोय जोनमा हुने होटल रेस्टुराँहरुले पर्यटकको माग पुरा गर्नेछन् ।

इन्जोय जोनमा पर्यटकहरुले २४ सै घण्टा मनोरञ्जनको साथसाथै सेवा पाउनेछन् । मन्त्री लम्सालका अनुसार इन्जोय जोनमा आउने पर्यटकहरुले नेपाली कलासंस्कृतिलाई पनि बुझ्न पाउने सुविधा हुनेछ ।

इन्जोय जोन घोषणा गरेपछि त्यस क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने मन्त्री लम्साल बताउँछन् ।
तर, त्यस क्षेत्रको सम्पूर्ण सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने उनको भनाइ छ ।

यसै वर्ष डिपीआर, सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

चालु आर्थिक वर्षमै डिपीआर तयार हुने र आगामी आर्थिक वर्षमा इन्जोय जोन निर्माणको काम अघि बढ्ने मन्त्री लम्साल बताउँछन् । ‘इन्जोय जोनको लागि उपयुक्त ठाउँ छनोट हुँदैछ,’ मन्त्री लम्सालले भने, ‘यसै वर्ष डिपीआर तयार हुन्छ । यो सञ्चालनको जिम्मा भने निजी क्षेत्रलाई दिइनेछ ।’ डीपीआरको लागि नौ करोड रुपैयाँ बिनियोजन भएको छ ।

इन्जोय जोनका लागि मन्त्री लम्सालले नै निजी क्षेत्रका केहि ब्यवसायीहरुलाई आश्वासन दिइसकेको स्रोतको दाबी छ । तर, निजी क्षेत्रका ब्यवसायीहरुले इन्जोय जोनका लागि हिमाल देखिने, तालको नजिकको शान्त ठाउँ हुनुपर्ने शर्त राखेको बताइन्छ । त्यसको लागि प्रदेश सरकारले पोखराको खपौँदी क्षेत्रलाई मुख्य प्राथमितामा राखेको मन्त्री लम्साल बताउँछन् ।

गण्डकी सरकारले एक वर्षमै इन्जोय जोन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.