www.tandavnews.com
Fact ~ In search of truth

टंकादेवी-तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम बराल सम्मानित

पोखरा,
ताण्डव न्यूज ।

टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल पत्रकार ऋषिराम बराल सम्मानित भएका छन् । बिगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध रहेर समाज रुपान्तरणमा महात्वपूर्ण भुमिका निर्वाह गरेका बराललाई सो पुरस्कार अर्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघ साथै सुवर्णप्रसाद कोइराला परिवारको सहकार्यमा संचालित कार्यक्रमका प्रमुख अतिथि मेयर मानबहादुर, सुवर्ण कोइराला, माधव शर्मा लागायतले बराललाई नगद २५ हजार १ रुपैया, सम्मान पत्र सहित दोसल्लाले सम्मान गरेका थिए ।

Batas

सम्मान कार्यक्रममा बोल्दै सम्मानित पत्रकार ऋषिराम बरालले पुरस्कारले पत्रकारिता क्षेत्रमा अझै बढि उर्जा मिलेको बताएका छन् । ‘अबका दिनहरुमा पत्रकारिता क्षेत्रमा अझै सक्रिय भई लाग्नेछु,’ उनले भने, ‘तथ्य सत्यको पत्रकारितालाई निरन्तरता दिनेछु ।’

महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्रताका सेनानी कुसुमकेशव पराजुली, महासंघका सचिव रामप्रसाद तिमिल्सिना, पत्रकार रमेश पौडेल, जमुना बर्षा शर्मा लगायत प्रतिभा छनोटको टिमबाट बराल सम्मानित भएका हुन् ।

सम्मानित कार्यक्रममा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी, माधव शर्मा, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, सुवर्ण कोइराला, संस्थापक अध्यक्ष उमाकान्त शर्मा लगायतले बोलेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.