www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशलाई ‘लुम्बिनी भ्रमण बर्ष २०७६’ को निम्तो

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

उद्योग, बन तथा वातावरण मन्त्रालय प्रदेश नं ५ ले गण्डकी प्रदेशलाई “लुम्बिनी भ्रमण बर्ष २०७६” को निम्तो दिएको छ । “बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं” भन्ने नारा सहित आगामी बुद्ध पूर्णिमा देखी शुभारम्भ हुने भ्रमण बर्षको निम्तो मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिईएको हो ।

उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयका सचिब धनन्जय पौडेलले बिशेष गरी गण्डकी प्रदेश पर्यटनको राजधानी भएकाले निम्तो दिन पोखरा आएको बताए । उनले विश्वभरिका डेढ अर्ब बौद्धमार्गीहरुको मुख्य तिर्थस्थल लुम्बिनी क्षेत्रलाई थप प्रबद्र्धन गर्ने उद्देश्य सहित भ्रमण बर्ष घोषणा गरिएको बताए । ‘कार्यक्रम लुम्बिनी क्षेत्रमा मात्र होईन प्रदेशको अन्य पर्यटकिय ठाउँहरुमा पनि गर्नेछौ, उनले भने ‘जस्ले गर्दा सिङ्गो ५ नं प्रदेश नै पर्यटकिय गन्तब्य बनोस् । ‘

Batas

पौडेलले लुम्बिनी क्षेत्रलाई केन्द्रमा राखेर प्रदेश नं ५ को महत्वपुर्ण पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसार गर्ने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागेको बताउदै भने ‘नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल बर्षको रुपमा मनाउदैछ, हाम्रो लक्ष्य भनेको यसका लागि प्रशस्त आधारहरु निर्माण गर्ने हो । ‘

पौडेलका अनुसार आगामी जेठ ४ गते (बुद्धजयन्ती) देखी अर्काे बर्षको चैत्र शुक्लपुर्णिमा सम्म भ्रमण बर्षको रुपमा मनाईनछ । उनले भ्रमण बर्षको शुभारम्भ सँगै मायादेबी प्रसुती उत्सव, लुम्बिनी फुड फेष्टिबल, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दिप प्रज्वलन, मासिक पूmल मुन डे उत्सब, धार्मिक यात्रा तथा त्रिपिटक बाचन लगाएतका कार्यक्रमहरुको अयोजना गरिने जानकारी दिए ।

त्यसैगरी गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन, वाताबरण मन्त्री बिकास लम्सालले कार्यक्रम सफल पार्नका लागि आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए । आफु ५ न. प्रदेशको सो कार्यक्रमबाट प्रभावित भएको भन्दै सन् २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्राउने उद्देश्य सहित कार्यक्रमहरु अगाडी सार्ने लम्सालले बताए ।

अब आउने बुद्धजयन्ती देखी शुभारम्भ हुने भ्रमण बर्षमा पर्यटकिय राजधानीबाट उल्लेख्य सहभागिता गराउने समेत मन्त्री लम्मालले आश्वाशन दिए । उनले गण्डकी प्रदेशको ८५ स्थानीय सरकारलाई समेत समेट्ने गरि सय भन्दा बढि बस गण्डकी प्रदेशको तर्फबाट शुभारम्भ कार्यक्रममा भित्राउनले समेत जानकारी दिएका थिए ।

प्रदेश नं ५ को उद्योग, पर्यटन, वन, वाताबरण मन्त्रालय तथा पर्यटन ब्यबसायीहरुले “बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं” भन्ने नारा सहित बिहान लेकसाईड क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई निम्तो बाड्दै रोड शो समेत गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.