www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको जनजागरण अभियान देशैभर एकसाथ सुरु हुदैँ

पोखरा,
ताण्डव न्यूज ।

काँग्रेसले आज देखि देशैभर एकैसाथ जनजागरण अभियान सुरु गर्ने भएको छ ।

राष्ट्रिय सभागृहमा हुने अभियानको पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १२ उद्घाटन गर्ने जनाइएको छ । ७७ वटै जिल्लामा एकैसाथ अभियानको उद्घाटन हुने भएको छ । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते आजदेखि सुरु हुने अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Batas

दोस्रो चरण भदौ २४ गते सुरु भई असोज ७ गने सकिनेछ भने तेस्रो चरणको अभियान पुस ७ देखि पुस १६ सम्म चल्नेछ । प्रथम चरणको अभियान ७७ जिल्लामा, दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कांग्रेसले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.