www.tandavnews.com
Fact ~ In search of truth

‘च्यान्टे भन्दा झनक्क रिस उठ्थ्यो’

पाेखरा
ताण्डव न्यूज ।

काभ्रेपलाञ्चोकको तिमालमा मेरो जन्म भएको । घरमा चार वटा दिदी बहिनी अनि एक्लो छोरो भएकाले म बाल्यकालमा पुल्पुलिएर नै हुर्किएँ । मेरो पहिलो विद्यालयको अनुभव गाउँकै श्री काली प्रा.वि.बाट सुरु भएको हो । ५ कक्षा मैले त्यसै स्कुलबाट पास गरेको हो ।

त्यो समयको स्कुल त्यति राम्रो थिएन, अभावमा नै बस्नु पथ्र्याे । घरबाट चकटी नै बाकेर स्कुलमा बसेर पढनु पढ्ने स्थिति थियो । प्रा.वि बेलाको स्कुल लाइफ सम्झँदा मलाई मेरा तिन जना साथीहरुको याद आउँछ । हामी प्रायः संगै हुन्थ्याँै । हामी तिन जना अलिकति पुड्के–पुड्के अरुसँग जुध्न नसक्ने टाइपका थियाँै ।

Batas

१ देखि ५ कक्षा पढ्ने बेलासम्म हामी सधँै कक्षा कोठाको झ्यालमा नै बस्थ्यौँ । त्यो झ्याल छेउ नै हाम्रो सिट हो भन्ने तरिकाले हामी बस्थ्यौँ ।पढाइको हिसाबमा कुरा गर्दा मेरो पढाइ नराम्रो भने थिएन । परीक्षामा पहिलो, दोस्रो हुन्थेँ । बाँकी पढाइ पूरा गर्नका लागि म लगायत मेरा साथीहरु बेशीमा आयौँ ।

त्यसपछि ६ कक्षा देखिको पढाइ सुरु गर्न म श्री भूमि मा.वि. मा भर्ना भएँ । त्यो समयमा हामीले ६, ७ वटा स्कुलसँग कम्पिटिसन गर्नुपथ्र्याे । त्यहाँ पनि स्कुलको राम्रो व्यवस्था भने थिएन । त्यो स्कुलमा पनि चकटी लगेर नै पढ्नु पथ्र्याे । एउटा कक्षाबाट अर्काे कक्षामा छिर्नको लागि भ्वाङ थियो । तर अहिले त्यो स्कुल निकै राम्रो भएको छ । अस्ति मात्रै गाउँ जाने बेलामा त्यो स्कुललाई ५ मिनेट हेरेको हेरै भए ।

६ कक्षा पढ्दै गर्दा मैले नाटक गरेको थिए । स्कुलमा भएका केही बेन्चहरु जम्मा पारेर त्यसमाथि सुकुल ओछ्याएर तन्नाको पर्दा बनाएर नाटक गरेको ती अनुभव अझै स्मरणमा छन् । नाटक गदैैै जाँदा मेरो पढाइमा भने असर पर्न थाल्यो । नाटकमा मेरो जोस बढ्दै गयो, त्यसबाट पपुलर त भएँ तर त्यो समयमा पपुलर के भन्ने थाहा नै भएन । नाटकमा मैले च्यान्टेको क्यारेक्टरमा अभिनय गरेको थिए, च्यान्टे भन्दा म रिसाएर झनक्क हुन्थेँ ।

त्यसछि मेरो पढाइ राम्रो हुन सकेन । म कलेज पनि गइन । श्री भूमि मा.वि बाट मैले २०५६ सालमा एस.एल.सी पास गरेँ । तर मलाई एस.एल.सी. मा ब्याक लाग्यो, जुन विषयमा आफूलाई राम्रो गर्छु भन्ने थियो त्यै विषयमा म फेल भएँ ।

त्यसकारण पनि मैले पढाइलाई भन्दा पनि करिअर बनाउने र कमाउने तर्फ लागेँ । पढाइ बिचमै छुटाएँ । त्यसपछि म पैसाको पछि कुद्न थालेँ । त्यो बेलामा मलाई पैसाको आवश्यकता थियो ।

एक समय मेरो मनमा पढ्छु भन्ने सोच आएको थियो, तर सबै कुरा लथालिङ्ग लाग्न थाल्यो त्यसपछि पढाइको कुरामा पछि हटेँ । त्यहाँबाट मैले स्कुलको अध्ययनभन्दा व्यक्तिगत विषयमा अध्ययन गर्छु भनेर मैले ‘नाटक’ पढ्न थाले ।

प्रस्तुति : विनिता सुनार 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.