www.tandavnews.com
Fact ~ In search of truth

प्राकृतिक पुल हेर्नका लागी टुटुङ्गामा झोलुङ्गे पुल बन्दैँ

पोखरा ।

पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल २७ लाख ५२ हजार १सय १९ को लागतमा निर्माण गरिने भएको हो ।

Batas

नेपाल सरकारको ९२ प्रतिशत, महानगर र उपभोक्ता समितिको क्रमशः ६ र २ प्रतिशत लगानीमा सस्वेन्सन प्रविधिबाट निर्माण गरिने सो पुल कूल ५६ मिटर लम्बाइको रहनेछ । महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज एक समारोहबीच सो पुलको शिलान्यास गर्दै तोकिएको समय र गुणस्तरीय विकास निर्माणको आवश्यकता औँल्याए ।

सीतापाइला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ र १५ का वडाध्यक्षद्वय तीर्थ अधिकारी र प्रकाश पौडेल, हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्य, निर्माण समितिका उपाध्यक्ष नगेन्द्र गुरुङलगायतले प्राकृतिक पुलको संरक्षणसँगै उजागर गरी पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा आवश्यकता औँल्याए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.