www.tandavnews.com
Fact ~ In search of truth

गुप्तेश्वर गुफामा हरेक सोमबार आरती

पोखरा ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ ।

विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिने भएको हो । तीन गुरुद्वारा शुद्ध गाईको घ्यू, कपुर, ज्योतिलगायतका पूजाका सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव, विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Batas

अक्षय तृतीयाको अवसर पारेर शुरु गरिएको आरतीको पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा आरतीले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार टिकट बिक्रीबाट वार्षिक तीन करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती सञ्चालनसँगै धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास लिइएको छ ।

नेपालको पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा सञ्चालन भए पनि पछिल्लो समय भने जनकपुरधाम, देवघाट, पोखराको ताल बाराहीघाट, सदा शिव हरिहर मन्दिर हुँदै गुप्तेश्वर गुफामा शुरु गरिएको छ भने मुलुकभर विस्तार हुने क्रम जारी छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.