www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली आज दुई देशको भ्रमणमा जाँदै

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार विदेश भ्रमणमा जाने भएका छन् ।

ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका हुन् ।प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ । ओली चारदिन भियतनाम र तीन दिन कम्बोडिया रहनेछन् । प्रधानमन्त्री ओली दुई देशको भ्रमण सकेर १ जेठमा स्वदेश फर्कने छन् ।

Batas

भियतानमी प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा भ्रमणमा जान लागेका ओलीले बैशाख २९ गते भियतनामा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वैशाख ३० मा कम्बोडियाको न्होमपेन जाने कार्यक्रम छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.