www.tandavnews.com
Fact ~ In search of truth

शिक्षक राख्न तनहुँका जनप्रतिनिधिले दिए आफ्नो तलब

दमौली ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन् । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट ७८ हजार सहयोग गरेका हुन्।

प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए । वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने ७८ हजारमध्ये ५० हजार रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन् ।

Batas

माध्यमिक विद्यालयमा सबैको चासो भएपनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकोले आफ्नो तलबवापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहेको पोखेरेलले बताए ।

madi
machhapuchre

उनले भने, “प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरैको ध्यान जान सकेको छैन । मैले तलब बापतको दश हजार मासिकरूपमा प्राथमिक विद्यालयलाई दिने सोच बनाएको छु ।” उनका अनुसार सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाई समेत वार्षिक रुपमा २६÷२६ हजार सहयोग गरिनेछ ।

बन्दीपुर गाउँपालिका वडा नं १ मा तीन प्राथमिक विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई आफू जनप्रतिनिधिमा बहाल रहेसम्म आर्थिक सहयोग गर्ने वडाध्यक्ष पोखरेले जानकारी दिए । उनले भने, “केही जनप्रतिनिधिको गतिविधिका कारण समग्र जनप्रतिनिधिलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । सबै जनप्रतिनिधि खराब छैनन् भन्ने सचेतना जगाउनु मेरो उद्देश्य हो ।”

जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक माधव पोखरेलले वडाध्यक्षको सहयोगले निजी दरबन्दीमा शिक्षक राख्न र विद्यालयको शैक्षिक सुधारमा टेवा मिल्ने बताए । उनले भने, “निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयसँग ठूलो स्रोत छैन । वडाध्यक्षको सहयोगले विद्यालय प्रशासनलाई राहत मिलेको छ ।”रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.