www.tandavnews.com
Fact ~ In search of truth

बागलुङकाे धम्जा असौजेमा आलु भण्डारण गृह बन्दै

बागलुङ ।

काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ । यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ बजेट छुट्टाएको थियो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताए ।

थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक्ने लक्ष्य समितिको छ । “अहिलेको बजेटले जग र भुइँतलासम्म ढलान हुन्छ”, अध्यक्ष विकले भने, “गाउँपालिका पनि स्रोत जुटाएर काम सक्ने पक्षमा छ ।” थप बजेट उपलब्ध नभए भण्डारण गृहको काम अर्को वर्षसम्म धकेलिनेछ ।

Lama collectio News Middle

एकतले उक्त गृहमा दश टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बन्ने भएपछि यहाँका आलु किसान खुशी भएका छन् । घरमा राख्दा चाम्टिने, कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् । खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ ।

धम्जाको असौजे, ओखले, सायकटेरा, तारेभीर र देउराली मुख्य आलुखेती हुने क्षेत्र हुन् । धम्जालाई आलुको ‘पकेट गाउँ’ का रूपमा चिनिन्छ ।त्यहाँ झण्डै २०० घरले व्यावसायिक आलुखेती गर्दै आएको वडाध्यक्ष याम श्रीसले बताए । “आलु धम्जाको मुख्य नगदे बाली हो”, उनले भने, “यहाँको उत्पादन बढाउन र व्यवसायीकरणमा भण्डारण गृहले सघाउने हाम्रो विश्वास छ ।” गाउँपालिकाले पनि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत आलुका लागि धम्जालाई छनोट गरेको हो ।

धम्जाका एकै घरपरिवारले तीस मुरीसम्म आलु फलाउने गरेका छन् । धम्जाको आलु स्वादिलो हुने हुँदा सदरमुकामलगायत बजार क्षेत्रमा यसको माग पनि बढ्दो छ । खन्दाखन्दै किन्दा प्रतिपाथी १०० रुपैयाँ सम्म आलु बिक्री हुने गरेको छ । प्राङ्गारिक मल प्रयोग गरिने हुँदा धम्जाको आलु स्वास्थ्यवद्र्धक पनि मानिन्छ । किसानले ओखले क्षेत्रलाई ‘जैविक गाउँ’ घोषणा गर्ने तयारी पनि अघि बढाएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery