www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित

पोखरा ।

कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् । चैत महीनामा धानबालीको रोपाइँ गरेपछि तीन महीनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन पनि हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ ।

कास्की जिल्लामा गतवर्ष ४५० हेक्टर जग्गामा चैते धानखेती गरिएको थियो । किसानले एक हजार २११ दशमलव चार मेट्रिक टन उत्पादन गरेको कृषि ज्ञान केन्द्र कार्यालय, स्याङ्जाका प्राविधिक टङ्कप्रसाद चौलागाईंले जानकारी गराए ।

Batas

पोखरा महानगरपालिकाको पटनेरी, माटेमसिना, सुरौदीका साथै कास्कीका सिञ्चित ग्रामीण क्षेत्रको खेतीयोग्य जग्गामा चैतेधानको खेती हुने गर्दछ । चालु आर्थिक वर्षमा सोही हाराहारीमा किसानले चैतेधानको खेती गरेका छन् ।

यसवर्ष समय–समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने सम्भावना रहेको उनले बताएका छन । चालु आर्थिक वर्षमा कास्कीमा ६ हजार ८२० हेक्टर जग्गामा गहुँखेती गरिएकामा १२ हजार ८२१ मेट्रिकटन गहुँ उत्पादन भएको सो कार्यालयले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.