www.tandavnews.com
Fact ~ In search of truth

जबर्जस्ती करणी अभियोगमा प्रेमबहादुर खड्का पक्राउ

अर्घाखाँची । 

जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी करणी गरेको प्रहरीले जनाएको छ ।

Batas

खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.