ताण्डव न्युज ।
गण्डकी प्रदेशले इलाममा सम्पन्न प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
भारतीय खेलाडीले भरिएको बिर्तामोडमाथि अनुभवी टिम गण्डकीले २५-१७, २५-१३ र २५-२१ को जित निकाल्यो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ द टुर्नामेन्ट गण्डकीका हरि पाण्डे घोषित भए । म्यान अफ द फाइनल बिर्तामोडका राजीव तमोर भए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.