www.tandavnews.com
Fact ~ In search of truth

बिच बाटोमै काँडेतार

पोखरा
ताण्डव न्यूज । 

हप्ताअघि घाचोकको एक कार्यक्रममा जाँदै गर्दा बाटोमा अचम्मको दृश्य देखियो ।

बाटोको आसपासमा खेत थियो । बाटोकै लागि बनाइएको सानो कूलो । यो दृश्यले अचम्म पारेको भने होइन ।

Batas

माछापुच्छ्रे गाउँपालिका ४ लाहचोक, भिरकटेराको यस बाटोको बिच भागमा स–साना पिल्लर गाढेर तार लगाइएको थियो । केहि महिनाअघिदेखि नै बाटोको बिच भागसम्मै आइपुग्ने गरि काँडेतार लागाइएको रहेछ । कारण बुझ्न त्यहाँको स्थानीलाई सोध्यौँ । लफडा जग्गाकै रहेछ ।

बाटो निर्माण गर्ने विषयमा जग्गामा कुरा नमिलेपछि एक तर्फका जग्गाधनीले बाटोकै बिचमा काँडेतार गाडेका रहेछन् ।

जनप्रतिनिधि भन्छन् : ‘सहमति भैसकेको छ, अब केही दिनमै हट्छ’

दुर्घटना निम्त्याउने उच्च जोखिम भैरहँदा पनि यस विषयमा माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधीले उचित चासो नदेखाएको स्थानीयको गुनासो छ ।

‘दिउँसो त देखिन्छ । मान्छेहरु तर्किएर हिँड्लान् । अँध्यारोमा देखिँदैन । पैदल अथवा मोटरसाइकल वा कुनै सवारीमा यात्रा गर्नेकालागि दुर्घटनाको उच्च जोखिम छ । त्यो काँडेतारमा मान्छे पर्यो भने के हुन्छ ? गाउँपालिकाले मिलाउनु पर्ने हो नि अहिलेसम्म । के हरेर बस्याछ कुन्नी ’ एक स्थानीयले ताण्डव न्यूजलाई बताए ।

गाउँपालिकाको कार्यालय, यहिँ बाटो भएर पुग्नुपर्छ । गाउँपालिका भित्रीने बाटोमा, यसरी अवरोध भइरहँदा जनप्रतिनिधिले यथाशिघ्र कुरा मिलाएर काँडेतार हटाउनु पर्ने हो ।

यसबारे माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

हामीले वडाध्यक्षसँग सम्पर्क गर्यौँ । लामो समय बितिसक्दा पनि किन हटाउन सकेन गाउँपालिकाले बाटोको अवरोध ? वडाध्यक्ष पूर्णबहादुर शाही भन्छन् ‘हामीले दुवै तर्फका जग्गा धनीसँग कुरा गरिसक्यौँ । लगभग सबै कुरा मिलिसक्यो । अब केही दिनमा तार हट्छ ।’

लामो समय बिच बाटोमा दुर्घटना निम्त्याउने गरि अवरोध हुनु दुखद रहेको उनले बताए । ‘यसरी बाटोमा अवरोध गरिनु दुखद हो । काँडेतार र पिल्लरले दुर्घटनाको जोखिम त निम्त्याएको छ नै । हामीले दुवै तर्फका जग्गा धनीसँग सम्झौता पनि गरिसक्यौँ । अब हट्छ ’ वडाध्यक्ष शाहीले सुनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.