www.tandavnews.com
Fact ~ In search of truth

अड्चन छिचोलेरै प्रदेश समृद्ध बनाउँछौँँ :मुख्यमन्त्री गुरुङ्ग

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताएका छन् । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

सङ्घीयताले दिएको अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उनले भने, “प्रदेशको स्रोत साधनको उपभोग र सदुपयोग गर्ने अधिकार प्रदेशले पाउनुपर्छ ।”उनले भने, “हामी काम गर्न खोजिरहेका छौँ, विभिन्न चुनौती देखिएका छन् । देखिएकोभन्दा नदेखिएका धेरै समस्याले अल्झाएको छ । विस्तारै अघि बढ्छौँ । ढुक्क हुनुहोस् ।

Batas

हाम्रो प्रदेश समृद्ध प्रदेश बन्छ ।” मुख्यमन्त्री गुरुङले प्रदेशको एक मात्र शालिग्राम उत्पादन गर्ने महत्वपूर्ण कालीगण्डकी नदीको डाइभर्सन गरेर तल्लो तटीय क्षेत्र सुक्खा बनाउन नहुनेमा जोड दिए। उनले विकास र समृद्धिका लागि निजी क्षेत्रलगायत सम्पूर्णको साझेदारी आवश्यक रहने बताए ।

गण्डकी प्रदेशका लेखा नियन्त्रणक जयराम पौडेलले प्रदेशको कूल २४ अर्ब दुई करोड बजेटमा चालू बजेट जम्मा आठ अर्ब ११ करोड र पूँजीगततर्फ १५ अर्ब ९१ करोड रहेको जानकारी दिए ।

त्यसमध्ये चालू बजेटतर्फ दुई अर्ब ४५ करोड (३० प्रतिशत) र पूँजीगततर्फ दुई अर्ब ३४ करोड (१५ प्रतिशत) खर्च भएको भएको जानकारी दिए। आर्थिक वर्ष २०७५÷७६ देखि वैशाख २५ गतेसम्म कूल चार अर्ब ७९ करोड (२० प्रतिशत) मात्रै बजेट खर्च भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले लगानीका क्षेत्रमा देखिएका चुनौती नहटेसम्म समृद्धि कल्पना गर्न नसकिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सङ्घीयताको भावनाअनुरुप सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावले विकासका कार्ययोजना प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.