www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्णमा ‘प्याकेज’सहितकाे ‘सेन्चुरी पर्यटन महोत्सव’

पाेखरा
ताण्डव न्यूज ।

अन्नपूर्ण गाउँपालिका वडा नं १० घान्द्रुकस्थित मेश्रम वराह मा.विको खेलमैदानमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ आयोजना हुने भएको छ ।  जेठ १७ देखि २० गतेसम्म आयोजना हुने महोत्सवको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयाे ।

२०२० लाई मध्येनजर गर्दै खेल पर्यटनको विकास र विस्तारका लागि महोत्सव गर्न लागेको महोत्सवका संयोजक ललित गुरुङले बताए । ‘महोत्सवले मुख्यगरि अन्नपूर्ण गाउँको प्रचारप्रसार समेत गर्नेछ,’ उनले भने, ‘पछिल्लो बर्षको जस्तै त्यस बर्षपनि महोत्सव अवधिभर घान्दु्रक आउने पर्यटकहरुलाई प्याकेजको राम्रो व्यवस्था गरिएको छ ।’

Batas

महोत्सवको मुख्य आकर्षणको रुपमा अन्नपूर्ण म्याराथन रहेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका महासचिव दिलिप गुरुङले बताए । ‘म्याराथन आफैमा एडभेन्चर गेम हो,’ उनले भने, ‘त्यसकारण अन्नपूर्ण म्याराथन खेलाडीहरुका लागि सबै कुराको व्यवस्था गरिएको छ ।’

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने महोत्सवमा अन्नपूर्ण म्याराथनका लागि दर्ता शुल्क स्वदेशी रु १० हजार र विदेशी खेलाडीहरुको लागि ४९ हजार ४ सय ६७ रुपैँया लाग्नेछ । अन्नपूर्ण म्याराथनमा प्रथम पुरस्कार १ लाख ५० हजार रुपैया, दोस्रो पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५५ हजार पदक साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

साथै महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, खुला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल, भेट्रान (४० बर्षमाथि¬) पुरुष भलिबल, साविक वडा स्तरीय रस्साकसी, छेलो, मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता समेत हुनेछ ।

महोत्सवमा हर्स राइडिङ गरी घान्द्रुककाे दृश्यावलोकन गर्ने, अन्नपूर्ण आधार शिविरमा सञ्चालित पर्यटन व्यवसायको इतिहास झल्कने फोटो प्रर्दशनी, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन कक्ष, झाँकी प्रदर्शन, हिमाली तथा लेकाली जडिबुटीहरुको परिचय र त्यसको उपयोगिता सम्बन्धी जानकारीमुलक विवरण दिने स्टलको समेत व्यवस्था गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.