www.tandavnews.com
Fact ~ In search of truth

सेतो लुगा भित्रको कालो पिडा

अमृता पौडेल ।

झट्ट हेर्दा सेतो लुगा लगाएर कपाल पोको पारेर चिटिक्क परेर बिरामीको वरिपरि फर्याक फुरुक  गर्ने नर्सहरुलाई क्या आनन्द छ है भन्छ, हाम्रो समाज तर यी सेतो लुगा लगाउनु भित्रका कालो दर्दनाक पिडा बुझ्न धेरै गाह्रो छ । लाग्छ घरबाट कम्तिमा एउटा नर्स उत्पादन हुन्छे आजकाल ।

नर्सिङ्ग प्रतिको निरन्तर मोह र नघट्दो यो क्रेज देखेर म आफैं दङ्ग पर्छु । फेरि लाग्छ यति धेरै क्रेज भएको यो पेशामा आफ्नै गभर्निङ वडि को खांचोको चांहि कसैलाई वास्ता छैन । खाली अरुले दिएका निर्देशनमा चल्नुपर्ने बाध्यता पनि फेरि यहि पेशामा लागेका उपल्ला तहकाहरुको छ ।अझ रङ्ग लाग्ने कुरा त के छ भने नर्सिङ्गको काम र दुख अनुसारको तलब ।

सरकारी क्षेत्रमा लागेकाहरु आफ्नै बढुवा र सरकारले कति खेर के सेवा बढाउला भनी कुर्नुमा व्यस्त छन् भने प्राइभेट सेक्टरमा लागेकाहरु धन्न यति जागिर पनि चाहिएको छ, नत्र के हालत हुन्थ्यो भनेर आफैंलाई सम्झाउंदै मस्त छन ।

भनिन्छ, नि हिङ्ग नभए नि हिङ्ग राखेको टालो हो भनेर हो त्यस्तै छ । नेपालमा नर्सिङ्गको मान, प्रतिष्ठा,इज्जत,सम्मान, तलब,सुविधा केहि नभएनी नर्स त हो भनि हिड्नुमा मजा लिइरहेका छन् नेपाली नर्सहरु ।अनि एक थरि छन् फेरि नर्सिङ्गको सर्टिफिकेट बनाउन पाए त सक्ने बित्तिक अमेरिका, अस्ट्रेलिया जाने हो भन्दा अर्काको ठाउंका लागि ठुला सपना बोकेकाहरु, अनि कोहि छन् अरु देशको ग्रिनकार्ड र पिआरका लागि मोहित छन् । यो मोह पनि नेपालमा नर्सिङ्ग उत्थान गर्न नसकिने एउटा बाधक तत्व हो ।

बिरामीसंग फूल टाइम बिताउने नर्सले खोलेको भेन, नर्सले लगाएको कार्थर र नर्सका हातबाट भएका ड्रेसिङबाट कति फाइदामा छन् हाम्रा देशका डाक्टर साबहरु तर खै कस्ले बुझ्ने ती नर्सका पिडा जसले भोक निनद्रा नभनी गरेको मगतथ त्याग,ती प्रत्येक बिरामी प्रतिको सर्मपण अनि एउटा बिरामीको जीवन र मरणको लागि गरेको संघर्ष ??

अचम्मै छ प्लस टू सकेर ५ बर्ष एम.वि.वि.एस सक्ने बित्तिकैको डाक्टर पोस्ट र पीसीएल नर्सिङ्ग सेकेन्ड इयर, जव र नर्सिङ ब्याचलर थर्ड इयरको पोस्टको दुरी ।बिएन नर्सिङ पास गरेर पनि डाक्टर राउन्डमा बिरामीको केयरका बारेमा केहि सिक्ने र नयां कार्यको खोज गर्न पाए त हुन्थ्यो नी डाक्टर साबले कति बेला एउटा बिरामी हेरेर अर्को बेडमा जानु हुन्छ ।अनि उहांको हातमा ह्यान्ड सेनिटाइजर राखि दिनु पर्छ भन्दै कुर्नु पर्ने नेपाली नर्सका यस्ता धेरै बाध्यात्मक परिस्थितिहरु छन् ।हामीले कहिल्यै बुझ्न सकिरहेका छैनौं कि हाम्रो यो पेशाको उन्नतिको बाधक हामी स्वयं हौं भनेर ।

पेशागत सम्मान जसलाई पनि आवश्यक पर्छ,त्यसैले नर्सका परिश्रम, मिहिनेत उसले पढ्दा खेरीको खर्च यीसबै चिजको सहि मुल्याङ्कन हुन जरुरी छ। नखाउं भने दिनभरीको सिकार खाउं भने कान्छा बा को अनुहार भने जस्तो भइरहेको छ यहां नेपाली नर्सहरुलाई । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्नेहरुलाई त यस्तो बिडम्ना छ भने हामी यस देशमा बसेर के को आशा गर्न सक्छौं ?

यो पिडाको लागि अब हामी सम्पूर्ण नर्सहरुको एकता , ऐक्यबद्घता र दृढताको खांचो छ । अनि मात्र हामी आफुंले आफूलाई सफल नर्स बनाउन सक्छौं ।हामीले बर्षनी तामझाम गरेर कलेज दुनियां खर्च गरेर, नर्सिङ्ग एशोसियसनका केहि कार्यक्रम गरेर मात्र अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस बनाउने यो प्रथा बरु अन्त्य गरेर आफ्नो पेशा समुन्नतको लागि समय खेर फालौं अनि मात्र खुसिको लहर संगै अन्तर्राष्ट्रिय र राष्ट्रिय नर्सिङ्ग दिवस मनाउनुको अर्थ झल्किन्छ ।

जय नर्सिङ्ग

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.