www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा स्थानीयलाई व्यावसायिक बनाउन होमस्टे तालीम

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे (घरबास) तालीम शुरु भएको छ । मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालीम सञ्चालन गरिएको हो । आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने तालीममा कुहुँ र पूर्णगाउँका २० जनाको सहभागिता रहेको छ ।

तालीमको प्रशिक्षकद्वय भुपेन्द्र कार्की र सौरव सापकोटाले सहजीकरण गर्ने आयोजकले जनाएका छन् । तालीम उद्घाटन गर्नुहुँदै उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले होमस्टेले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुहुँदै आर्थिकरूपमा आत्मनिर्भर बन्न उद्यमशीलमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीयस्थल टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत स्थानीयवासीहरुलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको बताउनुभयो ।

पर्यटकीयस्थलको रूपमा परिचित टोड्के र बराङ्जाको झाँक्रीपानीमा होमस्टे सञ्चालनका लागि तालीम चलाइएको बताउनुहुँदै उहाँले गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि रु २० लाख बजेट अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो । समुदायको लगानीमा बुद्ध बिहार निर्माण हुँदै म्याग्दीको सदरमुकाम बेनीबजारबाट करीब एक किलोमिटरको दूरीमा सुन्दर र शान्त वातावरणमा रहेको बुद्ध बिहारमा शान्तिका अग्रदूत भगवान् गौतमबुद्धका उपदेश लेखिएको छ । गौतम बुद्धका अति प्रभावशाली उपदेशसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकषर््िात गर्ने गरी पूर्वाधार विस्तारसमेत गरिएको छ । बेनीबजार, मङ्गलाघाटबाट पदमार्ग तथा सवारीसाधनको प्रयोग गरी पुगिने बिहारमा सहजै प्रवेश पाइन्छ ।

Batas

बुद्ध शिक्षा प्राप्तिका लागि त्यहाँ रहेकाको स्वागत तथा बिहारबाहिर र भित्रको वातावरणले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । भगवान् बुद्धका बारेमा सुनेर पनि बुद्ध शिक्षाका बारेमा जानकारी नभएकालाई बिहारको प्रवेशद्वारदेखि बुद्धको मूर्ति रहेको क्षेत्रसम्म पुग्ने बेलामा भित्तामा सजाइएका भनाइसहितका तस्वीरले समेत ज्ञान प्राप्तिमा सघाउँछ । हरेक व्यक्तिको जीवनमा शान्तिको अनुभूति नगर्दासम्म समाज र राज्यमा शान्ति नुहने भएकाले पनि मानिसले जन्मसँगै अपरिहार्य लिएर आउने दुःखजस्तै शारीरिक, मानसिक, पीडा, शोकलाई समेत बुद्ध शिक्षाले प्रष्ट व्याख्या गरेको छ ।

बुद्ध शिक्षाको प्रचारप्रसारका लागि म्याग्दी बौद्ध सङ्घको पहलमा निःशुल्क जग्गा, आर्थिक सहयोग तथा चन्दा सङ्कलन गरी बनाइएको बिहारसहितको भौतिक संरचनाले समेत बजार नजिककै नयाँ पर्यटकीय गन्तव्यको रूपमा बिहारलाई चिनाउन सफल भएको छ । स्थानीय समुदायले करीब रु ६० लाख आर्थिक सङ्कलन तथा निःशुल्क जग्गासहितको सहयोगबाट बुद्ध बिहारको निर्माण गरेसँगै बुद्ध बिहारलाई समेत पर्यटकीयस्थलका रुपमा विकास गरिएको म्याग्दी बौद्ध सङ्घका अध्यक्ष यजनलाल शाक्यले बताउनुभयो । शाक्यले एशियाका तारा विश्वज्योति भगवागन् बुद्धको उपदेश र शिक्षालाई बजारदेखि ग्रामीण क्षेत्रसम्म प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५३ मा पहिलोपटक खुला बुद्धजयन्ती समारोह गरी २०५४ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सङ्घ गठन भएको थियो ।

बौद्ध चैत्यको निर्माण गरेपछि बुद्ध शिक्षाको महत्वका बारेमा प्रचारप्रसारसहित समुदायकै लगानीमा भौतिक संरचना निर्माण गरिएको अध्यक्ष शाक्यको भनाइ छ । सदरमुकाम आसपासमा घुम्न तथा छोटो समय रमाउन चाहने स्थलको अभावलाई बुद्ध बिहारले पूरा गरेको छ । करीब दुई रोपनीमा फैलिएको बिहारमा बस्ने स्थान, फ्रि वाइफाइ तथा विभिन्न प्रजातिका फूलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने महिला बौद्ध सङ्घकी अध्यक्ष टकसरा रानाले बताउनुभयो । “शिक्षा र भ्रमण दुवैका लागि बिहारमा पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको छ, पछिल्लो समय जिल्ला बाहिरबाट घुम्न आउनेको रोजाइमा समेत परेको छ”, रानाले भन्नुभयो । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.