www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका व्यवसायीलाई होमस्टे तालीम

गलेश्वर ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे (घरबास) तालीम शुरु भएको छ । मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालीम सञ्चालन गरिएको हो ।

आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने तालीममा कुहुँ र पूर्णगाउँका २० जनाको सहभागिता रहेको छ । तालीमको प्रशिक्षकद्वय भुपेन्द्र कार्की र सौरव सापकोटाले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।

Batas

तालीम उद्घाटन गर्नुहुँदै उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले होमस्टेले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । उनले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने बताउदैँ आर्थिकरूपमा आत्मनिर्भर बन्न उद्यमशीलमैत्री बन्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीयस्थल टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत स्थानीयवासीहरुलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको बताए । पर्यटकीयस्थलको रूपमा परिचित टोड्के र बराङ्जाको झाँक्रीपानीमा होमस्टे सञ्चालनका लागि तालीम चलाइएको बताउनुहुँदै उहाँले गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि २० लाख बजेट अनुदान उपलब्ध गराएको जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.