www.tandavnews.com
Fact ~ In search of truth

‘सञ्चारमन्त्रीको अभिब्यक्ति दिउँसै अँध्यारोहुने खालको छ’

पोखरा
ताण्डव न्युज ।
पोखरालाई कार्यथलो बनाएर काम गरिरहेको पत्रकारहरु तथा सरोकारवालाहरुले सरकारमा रहेकाहरुले आफ्नो गल्ती ढाकछोप गर्न मिडिया काउन्सिल विद्येयकमा विभिन्न बुँदाहरु समेटेको प्रति ध्याकर्षण भएको बताए । बुधबार नेपाल पत्रकार महासंघ कास्की शाखाले केन्द्रीय कार्यक्रम अनुसार प्रस्तावित मिडिया काउन्सिल विद्येयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यसबारे ध्यानाकर्षण भएको बताएका हुन् ।

बरिष्ठ पत्रकार बद्रि विनोद प्रतिकले प्रेस स्वतन्त्रता र लोकतन्त्र परिपुरक रहँदा रहँदै पनि राज्यले मिडिया काउन्सिलमा समेटेको बुँदाहरु तत्काल सच्याउन आग्रह गरे । उनले सरकारले मिडिया काउन्सिल गठनको प्रक्रिया समेत गलत भएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावलीले केहि पत्रकारहरु अहिले सरकारले संसदमा दर्ता गरेको विद्येयक हुबहु पास गराउनुपर्ने धारणा राख्दै सरकारलाई उक्साउने काम गरेको प्रति असहमति रहेको बताए ।

‘केहि पत्रकारहरु अहिले सरकारले ल्याएको विद्येयक हुबहु लागु गर्नुपर्छ भनेर लागेका छन्,’ उनले भने, ‘सञ्चारमन्त्रीको ज्याजती बढि नै भएको छ । अमेरिकामा मृत्यु दण्ड हुन्छ भन्दै बोलेको सुनिएको छ । यो राम्रो हैन ।’ उनले मिडिया काउन्सिल चाहिने तर, अहिले पेश भएको विद्येयक सच्याएर मात्रै लैजानुपर्ने उनको तर्क छ । त्यस्तै उनले मिडिया काउन्सिल गठनको बारेमा बहस गर्न पनि आग्रह गरे । अहिलेको विद्येयकले सञ्चारकर्मीहरुको घाँटीमा तरबार तेस्र्याउने काम गर्ने उनको भनाई छ ।

Batas

बरिष्ठ पत्रकार नारायण कार्कीले सञ्चारकर्मीहरुलाई सत्तामा रहेकाहरुले दृष्टिकोण सधैँ विरोधी नै रहेकोले यस्तो समस्या रहेको बताए । ‘पूर्व पत्रकार समेत रहेका सञ्चारकर्मीले नै यसरी पत्रकारहरुलाई अंकुश लगाउँदै छन्,’ उनले भने, ’ उनले भने, ‘सञ्चारमन्त्रीको अभिब्यक्ति दिउँसै अँध्यारोहुने खालको छ ।’

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य पूण्य पौडेलले प्रेस र मिडिया शब्दमा नै छलफल गर्नुपर्ने बताए । उनले पत्रकार महासंघले पनि सरकारलाई कहिल्यै यस्तो बनाऔँ नभनि विरोध मात्रै गरेकोले यसलाई सच्याउन आग्रह गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सरकारले यस्तो गल्ती तत्कालै सच्याउनुपर्नेमा जोड दिए । अर्का पत्रकार केशवशरण लामिछानेले गैरपत्रकारका गतिविधिले जवाफ पत्रकारिता गरिरहेका पत्रकाहरुलाई समस्यामा पारेको बताए । उनले मिडिया काउन्सिल अदालत नभएको र मिडिया काउन्सिललाई फैसला गर्ने अधिकार नरहेको समेत बताए । पत्रकार अर्जुन गिरीले राणाकालको झल्को दिने गरी सरकारले मिडिया काउन्सिल विद्येयक ल्याएको बताए ।

सरकारले आफ्नो गल्ती लुकाउन यो विद्येयक ल्याएको उनको भनाइ छ । नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सरकार निरंकुशताको बाटोमा गएको बताए । उनले मिडिया काउन्सिल विद्येयकको विरोधमा पत्रकारहरुसँगै आफूहरु पनि रहेको समेत बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.