www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्र निमार्णमा साहित्य शक्तिशाली : उप्रधानमन्त्री पोखरेल

काठमाडौँ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उनले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गरे ।

Batas

प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने अपेक्षा गर्दै मन्त्री पोखरेलले भने, “समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।”

उनले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगतको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.