www.tandavnews.com
Fact ~ In search of truth

‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’ जेठ २४ गते

पोखरा,
ताण्डव न्यूज ।

‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यहि जेठ २४ गते पोखरा सभाहगृहमा आयोजना हुने अवार्ड कार्यक्रमको विहिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

स्पोर्टस अवार्ड कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलाडी र्याम्पसँगै विभिन्न खेल कौसल प्रदर्शन गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए ।

Batas

‘अवार्ड ८ विधामा प्रदान गरिनेछ,’ उनले भने, ‘त्यसपटकको अवार्डमा पपुलर प्लेयर अवार्ड समावेश गरिएको छ । त्यस अवार्डका लागि एस.एम.एसको आधारमा खेलाडी छनोट हुनेछन ।’

यसपालिको स्पोर्टस अवार्डमा बतास ब्रदर्श प्रालिले मञ्चको तर्फबाट लाग्ने कर छुट गर्ने भएको बतास ब्रदर्शका सेल्स प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । उनले पहिलो सम्भौतामा ७५ प्रतिशत छुट गरिएको बताए ।

त्यसपालिको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिनेछ संयोजक विजय नेपालले जानकारी दिए ।

अवार्ड कार्यक्रमका लागि अध्यक्ष एकराज गिरीको संयोजकत्वमा १२ उपसमिति गठन समेत गरिएको छ । जसमा खेलतर्फ उत्कृष्ट ३ मनोयन र पत्रकार अवार्डका लागि छुट्टाछुट्टै समिति गठन गरिएको आयोजक समितिले जनाए ।

कार्यक्रम दिनको २ बजेदेखि सुरु हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.