www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा ६० हजार मात्र बेरोजगार ?

पोखरा
ताण्डव न्युज ।

गण्डकी प्रदेशको ११ जिल्लामा १८ लाख ६८ हजार श्रमशक्ति रहेकोमा ६ लाख जना मात्र रोजगारीको पहुँमा रहेका पाइएको छ । ६० हजार जनसंख्या भने कुनै पनि रोजगारमा संलग्न भएको तथ्याङ्क विभागले तेस्रो चरणमा २०७४ असार देखि २०७५ जेठसम्म गरेको नेपाल श्रमशक्ति सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो । यो बेरोजगारको तथ्यांक १५ वर्ष उमेर पुगेको र दिनमा एक घण्टा तलब आउने काम नगरेको तथा कुनै नाफा घाटा बेहोर्नेगरी ब्यवसाय नगरेको ब्यक्तिहरुको हो ।

गण्डकी प्रदेशमा १५ वर्ष देखि माथीको उमेर समुहको जनसंख्या १८ लाख ६८ हजार छ । ति मध्ये ६ लाख ६ हजार मात्रै विभिन्न रोजगारीमा संलग्न छन् । यसमा बैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक भने नसमेटिएको तथ्यांक विभागले जनाएको छ । नेपालभर भने १५ वर्ष उमेर माथीको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको छ । यसमा काम गर्न सक्ने जनसंख्या जम्मा ७० लाख ८६ हजार रहेको छ ।

Batas

नेपालमै रोजगारीमा रहेको ६९ प्रतिशत जनसंख्या शहरमा छ भने ३१ प्रतिशत जनसंख्या ग्रामिण भेगमा रहेको विभागको सर्वेक्षणले देखाएको छ । गण्डकी प्रदेशमा पनि शहरको जनसंख्या धेरै रोगजार छ । गण्डकीमा ६४ प्रतिशत केन्द्रित र ३६ प्रतिशत गाउँ केन्द्रीत रोजगारमा छन् । नेपालमा तत्कालको बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशको भने ९ प्रतिशत रहेको विभागका निर्देशक अम्बिका बस्यालले जानकारी दिए । गण्डकी प्रदेशमा रहेको १५ वर्ष उमेर माथीको जनसंख्याको ३५ दशमलब ७ प्रतिशत मात्रै श्रमशक्तिमा सहभागी छ । रोजगारमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबै भन्दा धेरै प्रदेश ३ मा ४३ दशमलब ८ प्रतिशत र सबै भन्दा कम २४ दशमलब १ सुदुर पश्चिम प्रदेशमा रहेको विभागले जनाएको छ । बेरोजगारको दरमा सबै भन्दा धेरै प्रदेश २ मा २० दशमलब १ प्रतिशत र सबै भन्दा कम प्रदेश ३ मा जम्मा ७ प्रतिशत मा देखिएको छ ।

नेपालका सात प्रदेश मध्ये श्रमशक्तिमा सहभागिताको दर प्रदेश तीनमा रहेको छ । नेपालकै राजधानी काठमाडौँ लगायत मुख्य ठुला शहरहरु समाबेश भएको प्रदेश ३ मा श्रमशक्तिमा सहभागिताको दर ४७ दशमलब १ प्रतिशत छ । सबै भन्दा कम भने सुदुर पश्चिम प्रदेशको २७ दशमलब ३ रहेको छ । हप्तामा ४४ घण्टा काम गर्नेहरुलाई यस तथ्यांकमा समाबेश गरिएको छ । गण्डकी प्रदेशमा भने हप्तामा ४५ घण्टा काममा रहनेहरु रोजगारको सूचीमा परेका छन् ।
गण्डकी प्रदेशमा रोजगारमा रहेकाहरुको मासिक आम्दानी १९ हजार रुपैयाँ देखिएको छ । नेपालभर भने औसतमा रोजगारमा रहेकाहरुको तलब, ज्याला प्राप्त गर्नेहरुको औसत आम्दानी १७ हजार ८ सय नौ रुपैयाँ रहेको तथ्यांक विभागले जनाएको छ । यसमा औसतमा पुरुषको मासिक आम्दानी १९ हजार चारसय ६४ र महिलाको १३ हजार ६ सय ३० रुपैयाँ रहेको छ । नेपाली महिलाहरुले पुरुषको तुलनामा औसत मासिक आम्दानीमा ५ हजार ८ सय ३४ रुपैयाँ कम देखिन्छ ।

नेपालमा विभिन्न पाँच वटा क्षेत्रबाट धेरै रोजगारी सृजना भएको देखिएको छ । कृषि वन, माछापालन, मोटरगाडी तथा मोटरसाइकल मर्मतसम्भार, उद्योग,नर्माण र शिक्षाको क्षेत्रबाट मानिसहरुले धेरै आम्दानी गरिरहेको देखिएको छ ।

गण्डकी प्रदेशका नीति योजना आयोगका प्रमुख डा.गिरीधरी शर्माका अनुसार कक्षा ११, १२ पढ्ने उमेर समुहको युवाहरुको ठुलो जनसंख्या कहाँ पलायन भइरहेको छ भन्ने तथ्यांक कतै नभएको बताउँछन् । ‘११, १२ पढ्नेहरुको केहि संख्या शिक्षामा पनि छैन,’ उनले भने, ‘कोही भर्ति हुन टे«निङमा गएको देखिन्छ कोहि विदेश पलायन भएको देखिन्छ । उनीहरु किन श्रमशक्तिको रुपमा परिचालन हुन सकेनन भन्ने ठुलो समस्या हो ।’ सामाजिक सुरक्षाको प्रत्याभूती नभएकै कारणले पनि बेरोजगारीको सेजना भएको उनी बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.