www.tandavnews.com
Fact ~ In search of truth

उपेन्द्र यादव र अशोक राइको अगाडी फुर्केका बाबुरामले भने ः कांग्रेसलाई म्यूजीयममा राखौँ

पोखरा
ताण्डव न्युज ।

कांग्रेस, नेकपाले देश र जनताको हितको लागि काम नगर्ने समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाएका छन् । संघीय समाजवादी पार्टीसँग आफु नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकिकरण गरेपछि सातै प्रदेशमा अभिमुखिकरण घोषणा गरेको समाजवादी पार्टीको पहिलो पटक पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा अन्तिममा सम्बोधन गर्न आएका भट्टराईले सुरुमै वर्तमान नेकपाको दुई तिहाईको सरकारको विरोध गर्न भ्याइहाले ।

‘अहिले नेपालको राजनीतिमा गतिरोध संन्नाटा छाएको छ,’ भट्टराईले भने, ‘दुई तिहाइ बहुमत प्राप्त गरेको कम्यूनिष्ट नाम गरेको सरकारले जनतालाई जनतालाई जुन प्रकारको निराशामा पु¥यायो । देशमा एक पछि कुशासन र भ्रष्टाचार चुलिँदै गयो । जनताको पक्षमा कुनै पनि काम हुन सकेन ।’ केपी ओली नेतृत्वको दुइ तिहाई सरकारको आलोचना गर्ने वित्तिकै भट्टराईले कांग्रेस झनै काम नलाग्ने पार्टी भएको आरोप लगाए ।

Batas

‘अब कांग्रेसको युग सिध्दियो । उसले नीजी स्वतन्त्रतामा आधारित उदारबादमा आधारीत लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो । उसलाई धन्यावाद दिनुपर्छ,’ उनले भने, ‘उसले इतिहासमा जुन काम गरेको त्यसलाई म्यूजीयम बनाम कांग्रेसमै समर्पित खालको । उसलाई गर्ने यहि हो । उसले यो देशको नेतृत्व गर्न सक्दैन ।’ अरु समय भन्दा अलि बढि नै फुर्तिलो देखिएका भट्टराईले कांग्रेस कम्यूनिष्टले देशको लागि अब केहि गर्न नसक्ने भन्दै त्यसको विकल्पमा समाजवादी पार्टी आएको बताए । संघीय समाजवादी पार्टीसँग एक हुनु अघि नयाँ शक्तिमा हुँदा पनि भट्टराईले अन्य राजनीतिक दललाई नेपालको बैकल्पीक राजनीतिक शक्ति भने देख्थेनन् । चुनाबमा पुछारमा पुगेपनि नयाँ शक्ति नै बैकल्पीक शक्ति रहेको दाबी गरिरहन्थे । उनले नेपालको भौगिलक मात्र हैन भावनात्मक एकता पुरा गर्र्ने शक्ति समाजवादी पार्टी रहेको समेत दाबी गरे ।

उनले विश्वमै पुँजीवादको युग सकिएको बताउँदै भने, ‘पुजीवादी युग सकियो । अमेरिका देखि हंगेरी सम्म फसेको छ । कम्यूनिष्ट पार्टी झन अलोकतान्त्रीक हुने रहेछ । यहिँ पनि देख्यौँ अहिलेको कम्यूनिष्ट सरकार भ्रष्टाचार गरेर पुँजीवादको विकास गरिरहेको छ ।’ उनले हिजो कम्युनिष्ट भनेर हिँड्नेहरु आज जनतालाई विर्सेर आज महलमा रजाइँ गरिरहेको समेत आरोप लगाए । ‘हिजो तपाइँको घर आँगनमा खाली खुट्टा, चप्पल, जडौरी लुगा लाएर हिँड्ने कम्युनिष्ट साथीहरु अहिले जुन खालको महलमा बसेका छन यो बर्ग पैदा भएको हैन ?,’ उनले प्रश्न गर्दै भने, ‘जनताको अबस्था उहि छ त्यहि नेताहरु ठुला राजा महाराजा जस्तो भएर हिँडेका छन् । त्यसैले कम्युनिष्ट युगले केहि गर्ने वाला छैन ।

विकास र समृद्धिमा आधाररित जनताको हितमा रहेको उन्नत प्रकारको संघीय समाजवाद अबको युगको विचार हो । यहि विचारमा टेकेर हामीले पार्टी एक बनाएका छौँ ।’ पहिचान र अधिकार सहितको संघीयतामा नगई सुख नहुने पनि बताए । हिमाल पहाड तराई जोड्ने, संघर्षमा खारिएका नेताहरुको टिम भएको सबै भएको पार्टी नेपालको इतिहासमा समाजवादी पार्टी मात्रै बनेको उनको दाबी छ । उनले १० प्लस १ प्रदेश बनाउनुपर्ने समेत उनको भनाई छ । उनले यस सम्बन्धी बहस गर्ने मान्छेसँग बहस गर्न आफु तयार रहेको समेत बताए । सोही कार्यक्रममा बोल्दै समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले पनि अहिलेको नेपालका ठुला राजनीतिक दलहरुबाट विकास हुन नसक्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.