www.tandavnews.com
Fact ~ In search of truth

१६ वर्ष पुग्यो ? आउनुस पोखरा थियटरमा ‘तिर्खा’ नाटक हेर्न !

पोखरा,
ताण्डव न्यूज ।

पोखरा थिएटरको सातौ प्रस्तुतीको रुपमायहि जेठ ९ गतेदेखि ‘तिर्खा’ नाटक मन्ञ्चनहुने भएको छ । चे शंखरको परिकल्पना एंव नर्देशनमा ‘तिर्खा’ नाटक मञ्चन हुन लागेको हो ।

सन् १९२४ मा अमेरिकाको परिवेशमा लेखिएपनि यो नाटक हाम्रो समाजमा अझै सान्र्दभिक रहेको निर्देशक चे शंखरले बताए । ‘नाटक हरेक मानिसँग मनोवैज्ञानिक, शारीरिक साँस्कृतिक तथा सामाजिक रुपले गाँसिएको छ,’ उनले भने, ‘यो नाटक अमेरिकी नाटककार युटिन ओमिनलको डिजायर अन्डर दिएल्म्समा आधारित छ ।’

२०१२ सालदेखि रंगमञ्चमा निरन्तर लागि रहेका उनले हालसम्म एक दर्जन नाटक मञ्चन गरिसकेका छन् ।
१ घण्टा ४० मिनेट अवधिको यो नाटकमा शरद भण्डारी, रमेशबाबु तिमिल्सिना, निश्चल बिमल, सिमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी, दिवानी तामाङ लगायतका कलााकरहरुको अभिनय देख्न सकिन्छ ।

Batas

नाटक मानिस भित्रको यौनिकता, डिजायर प्राप्त गर्ने चाहनामा पात्रहरुको अभिनय देखिन्छ । यो नाटक १६ बर्ष भन्दा माथिका उमेर समुहका मानिसहरुले मात्र देख्न पाउनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.