www.tandavnews.com
Fact ~ In search of truth

स्याङजाका तीन साहित्यकार पुरस्कृत

स्याङजा ।

स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) र ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट युवा साहित्यकार अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले बताए ।

Batas

विराटनगरमा रहेर नेपाली भाषा साहित्यको विशेषगरी समालोचना विधामा कलम चलाउँदै आउनुभएका प्राज्ञ सुवेदीलाई स्याङ्जा साहित्य प्रतिष्ठानले विसं २०५३ मा स्थापना गरेको ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट पुरस्कृत गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि १५ हजार ५०० रहेको छ ।

नेपालगञ्जमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा खेलेको योगदानको मूल्याङ्कन गर्दै ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) लाई पुरस्कृत गरिएको हो । नेपाली भाषा साहित्यका कविता, काव्य तथा गजल विधामा कलम चलाउने स्याङ्जाको वालिङका युवा साहित्यकार अग्निकुमार पल्लवलाई ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.