www.tandavnews.com
Fact ~ In search of truth

गाउँ चिनाउन पसगाउँ महोत्सब

लमजुङ ।

लमजुङको क्व्होलासोँथर ६ पसगाउँमा नवौं पसगाउँ महोत्सब संचालन गरिएको छ । गाउँको चिनारी देशविदेशमा पु¥याउनुका साथै पर्यटन प्रवद्र्धन गर्न पसगाउँ महोत्सब आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति पसगाउँका अध्यक्ष बलराम गुरुङले बताए ।

गुरुङ जातिको बाक्लो बस्ती रहेको पसगाउँमा गुरुङको संस्कृति जिवन्त रहेको र स्थानीय उत्पादन पर्यटकलाइ चखाउन पसगाउँ तयार रहेको उनको भनाइ छ । बैशाख पूर्णिमाको अवसरमा आयोजित महोत्सबमा घाँटु नाचको रौनकता छाएको छ ।

Batas

तीन दिनसम्म आयोजित पसगाउँ महोत्सबमा लोपोन्मुख सति घाँटु नचाइएको छ । महोत्सबको अवसरमा कृष्ण चरित्र, सोरठी लगायतका साँस्कृतिक नृत्य समेत प्रदर्शन गरिएिको छ । महोत्सबको उद्घाटन गर्दे गण्डकी प्रदेश साँसद धनञ्जय दवाडीले गुरुङ जातिले आप्mनो भाषा र संस्कृति जोगाउने बेला आएको बताए ।

भाषा र संस्कृति हराए जात नै हराउने भन्दै उनले भाषा र संस्कृतिको प्रयोगबाटै समृद्धी हाँसिल हुने विचार राखे । गुरुङ भाषा र संस्कृति राज्यको संपत्ती भएकाले यसको संरक्षण र संवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा साँसद दवाडीले स्थानीय उत्पादन वृद्धी गर्न जोड दिए । गण्डकी सरकारले उत्पादन वृद्धी र गरिवी निवारणका योजना बनाएको भन्दै यसका लागि सरकारले सघाउने उनले जानकारी दिए । स्थानीय राडीपाखी, अल्लोका सामाग्री लगायत अन्नबालीको उत्पादन र बजारीकरण गर्न सके पसगाउँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेकपा क्व्होलासोँथरका सचिव सुर्य गुरुङले अब गाउँमै केही गर्नुपर्ने बेला आएको बताए । गाउँमा विजुली, खानेपानी, बाटो, अस्पताल, विद्यालय जस्ता प’र्वाधार आइसकेकाले अब गाउँमै बसेर काम गर्नुपर्ने उनको धारणा छ ।

पसगाउँका वडाध्यक्ष मनलाल गुरुङले गाउँपालिकाले विकासका लागि योजना बनाएर अघि बढेको बताए । राजनीतिक रुपमा नलागि सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै उनले पर्यटन र कृषिमा लाग्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।

यस्तै पोखरा निवासी बयोवृद्ध समाजसेवी देवीजंग गुरुङले पोखरामा रहेर पनि गाउँको विकास र सेवामा सधै लागिरहने बताए । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले गाउँमा पर्यटक ल्याउन र विकास गर्न गाउँले नै अघि सर्नुपर्ने धारणा राख ।

समुन्द्री सतहदेखि १६३० मिटर उचाईमा रहेको पसगाउँमा चिया र अलैँचीको व्यवसायिक खेति गरिएको छ । महोत्सबमा चियाबगान र अलैँचीबारी पनि आकर्षकको केन्द्र रहेको छ ।  महोत्सबमा स्थानीय उत्पादन अलैँचीदेखि राडीपाखी, अल्लोका सामाग्री लगायत घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको छ ।

२०६० सालदेखि घरबास कार्यक्रम संचालन गरी पसगाउँमा पर्यटन महोत्सब संचालन गर्न थालिएको थियो । अहिले नबौं महोत्सब संचालन गर्न लागिको हो । पसगाउँमा अहिले १२ घरमा होमस्टे संचालन गरिएको छ । जहाँ ५० जना बस्न सकिन्छ । होमस्टे संचालनका लागि अहिले २३ घरले दर्ता गरिसकेको र पुर्वाधारको काम गरिरहेको जनाएको छ ।

महोत्सब मार्फत लमजुङकै पछाडी परेको गाउँलेलाई माथी उठ्ने बाटो देखाउने पर्यटन व्यवस्थापन समिति पसगाउँका अध्यक्ष बलराम गुरुङले बताए । शिक्षा र रोजगारीमा पसगाउँ पछाडी रहेको र धेरै युवा विदेशीएको भन्दै उनले भने, गाउँकै बाँझो जमिनमा काम गरेर खान सकिने विश्वास दिलाउन महोत्सब गरिएको हो ।

महोत्सब संचालन गर्न २ लाख ५० हजार रुपैयाँ बजेट अनुमान गरिएको उनको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.