www.tandavnews.com
Fact ~ In search of truth

५० लाख दिए प्रधानमन्त्रीलाइ मार्छु भन्ने तामाङ पक्राउ

ताण्डव न्युज

५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’, भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

Batas

महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ। उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.