www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन कास्कीमा अवार्ड स्थापना

पोखरा।

नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अवार्ड स्थापना गरेको छ ।

कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्ये उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो ।कार्यसमितिका अध्यक्षबाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने अवार्डको राशि  पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।

Batas

नेपाल प्रेस युनियनको २८औँ स्थापना दिवसको अवसरमा जेठ १३ गते पोखरामा अवार्ड प्रदान गरिनुका साथै वर्तमान अवस्थामा प्रेस स्वतन्त्रताको अवस्था र प्रेस युनियनको भूमिका विषयक अन्तरक्रिया गरिने उनले जानकारी दिए ।

कार्यक्रमको तयारीका लागि सदस्य सन्तोष सुवेदी संयोजक तथा विजय नेपाली, सुवाष आचार्य, अनिषा श्रेष्ठ र कमल पौडेल सदस्य रहेको समिति गठन गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.