www.tandavnews.com
Fact ~ In search of truth

सगरमाथाको चुचुरोमा एचआइभी संक्रमित पोखराका गोपालको विश्व किर्तिमान !

दोस्रो पटकको प्रयासमा भए सफल

ताण्डव न्युज ।
पोखरा ः एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएका छन् । एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो । पोखरा ७ का श्रेष्ठले आज(बुधबार) सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेर नयाँ इतिहास रचेका हुन् । डेढ महिनाको समय लगाएर उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । बुधबार विहान ७ ः ३० बजे सगरमाथा चुचुरोमा गोपाल सहितको ६ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको स्टेप अप क्याम्पीयन अभियानकी अभियान्ता जमुना शर्माले सगरमाथा बेस्क्याम्पमा रहेका सरकारी सम्पर्क अधिकारी ज्ञानेन्द्र देउजालाई उदृत गर्दै जानकारी दिईन् ।

श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन ।
विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण त्यसबेला सफल भएका थिएनन् ।

एचआईभी र एड्ससँग सम्बन्धीत भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भए ।
‘अभियानले मूलतः मानिसको प्रेरणासँग दाँजेको हुन्छ,’ स्टेप अप क्याम्पियनका संयोजक पदमराज पहारीले त्यसबेला भनेका थिए, ‘संक्रमित भएपनि सम्पूर्ण रुपमा आफू अन्य मानिसहरु सरह सक्षम रही राष्ट्रको नाम उचो राख्ने गोपाललाई हामी साथ दिन्छौं ।’

Batas

गोपालको अभियानलाई सफल बनाउन विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग समेत गरेका थिए । गोपालको अभियानलाई टे«किङ एजेन्सी अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले पनि सहयोग गरेको थियो ।

एचआइभी संक्रमित गोपालले यस अघि विश्वका अग्ला हिम चुचुराहरुको सफल आरोहण गरिसकेका छन् । गोपाल यसअघि सन् २०१३ मा विश्वका अग्ला शिखरहरु मध्येका हाई पास (थोर्राङला), सन् २०१४ मा आइसल्याण्ड पिक (६१८० मिटर), सन् २०१६ नोभेम्बरमा भर्जिन पिक (खानकार्पो) सफल आरोहण गरिसकेका थिए ।

सन् २०१५ मा सम्पूर्ण तयारीका साथ सगरमाथा आरोहण गर्ने क्रममा महाभूकम्पका कारण आधार शिविरबाटै फर्केर आएका गोपालले सो समयमा आरोहण समूहका ५ सदस्य साथी गुमाउनु परेको थियो । ‘सगरमाथाको चुचुरोसम्म पुग्ने सपना अधुरै रह्यो,’ त्यतिबोला गोपालले भनेका थिए, ‘फेरी अग्रसर भएको छु, सबैको साथ सहयोगले मेरो प्रणलाई विफल बनाउने छैन् म विश्वस्त छु, सगरमाथाको चुचुरोमा म पुग्ने नै छु ।’

५६ वर्षीय गोपाल नेपाली राष्ट्रिय ए डिभिजन क्लबको पूर्व फुटबल खेलाडी समेत हुन् । विगत २५ वर्ष देखि उनी एचआईभी संक्रमित छन् । उनी र उनको संस्था स्टेप अप क्याम्पियनले विश्वभर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै विश्व समुदाय माझ फरक पहिचान स्थापित गराउने ध्येयले साहसिक कार्यमा जुट्न प्रेरणा दिँदै आईरहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.